Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

भित्रभित्रै तैयार हुँदैछ चन्दको चक्रवात

१२ सोमबार , माघ २०७११२ बर्ष अगाडि

भित्रभित्रै सनसनी छ: नेत्रविक्रम चन्द विप्लव 'चक्रवात' तैयार गर्दैछन्। माओवादी पार्टी खोलेका चन्दले पार्टी कहाँ छ देखाएका छैनन् र अर्धभूमिगत क्रियाकलाप अगाडि बढाइरहेका छन्। 'राष्ट्रघाती, भारतपरस्त' भनेर आरोप लगाउने बैद्य तिनै प्रचण्डसँग हातेमालो गर्न आइपुगेका छन् भने मातृका यादव पनि प्रचण्डकै निकट छन्। अव मणि आइदिए भने प्रचण्डको गुमेको 'माओवादी शक्ति' पुन इस्पताको धारजस्तै बन्नेछ भने विप्लव पनि आउन बेर छैन। आखिर एउटै माओवादीकै सन्तान हुन् यी। यिनको रणनीति यस्तै थियो कि कसलाई थाहा छ र? ५ गते संविधानसभामा नाराबाजी, रणमैदान बनाइरहदा आएको फोन र एसएमएस विप्लवकै थियो र प्रचण्ड क्षणिक हाँसेको चर्चा पनि छ।
विप्लवले प्रचण्डसँग कुम जोडे भने सुशील, ओलीहरुको फेरि  सातो जान  बेर छैन। किनभने यो त्यस्तो शक्ति हुनेछ, जसले जुनसुकै बेलामा शान्ति सम्झोताको आधा हिस्सेदारी खोज्ने ताकत आर्जन गर्नेछ। आज एमाओवादीको पतला हालतको अवस्था पार्टीभित्रको गुट र फुटको कारणहो। यतिखेर एमाओवादीका नेताहरु को कहाँबाट सञ्चालित छन् स्पष्ट भइसकेको छ। अस्तित्व रक्षाका लागि पुराना आरोप प्रत्यारोप र व्यक्तिगत आवेगहरु थन्क्याएर एमाओवादी संगठन मजबुत पार्नतिर आकर्षित भएको छ।