Advertisement Banner
Advertisement Banner

२२ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मन्त्री यादव विदेश भ्रमण छोट्याएर नेपाल फर्किँदै

२४ सोमबार , बैशाख २०८१२ बर्ष अगाडि

मन्त्री यादव विदेश भ्रमण छोट्याएर नेपाल फर्किँदै

अमेरिका भ्रमणमा गएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज नेपाल फर्किदै छन् । पार्टी विभाजनको सूचना पाएपछि उनि नेपाल फर्किन लागेका हुन् ।

स्वास्थ्यमन्त्री समेत रहेका यादव गत हप्ता अमेरिका भ्रमणमा गएका थिए । उनी अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । अमेरिका भ्रमणमा रहेका यादव स्वदेश नफर्कदै राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेका हुन् ।

पार्टी विभाजनको सूचना पाएलगत्तै अध्यक्ष यादव कतारका कार्यक्रम रद्द गरी काठमाडौँ फर्किन लागेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष यादव आज राति ११ बजेपछि नेपाल फर्किदै छन् । अध्यक्ष यादवको अमेरिकामा पाँच दिन र कतारमा दुई दिनको कार्यक्रम रहेको थियो ।