Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत लिँदै

०७ सोमबार , जेठ २०८१२ बर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत लिँदै

नेपाल सरकारकाे प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिँदैछन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

संसद् सचिवालयका अनुसार विश्वासको मत लिने प्रयाेजनका लागि संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यसअघि जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

वैशाख ३१ गते सरकारबाट जनता समाजवादी पार्टी नेपाल बाहिरिएको थियो । संवैधानिक प्रावधान अनुसार एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धारा १०० को उपधारा २ मा व्यवस्था गरिएकाे छ ।

गठबन्धनको सहयोगमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले यो चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि २०७९ साल पुस २६ गते पहिलोपटक,२०७९ चैत ६ गते दोस्रोपटक र २०८० फागुन ३० गते तेस्रोपटक विश्वासकाे मत लिएका थिए ।