Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाको आवस्क छ : डा. सिके रावत

१३ आइतबार , जेठ २०८१२ बर्ष अगाडि

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाको आवस्क छ : डा. सिके रावत

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बताएका छन् । अध्यक्ष डा. राउतले मधेश-कास्की सम्पर्क समाज पोखराले आयोजना गरेको प्रथम अधिवेशनको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

देशमा राजनीतिक स्थायित्व कायम गर्न समाजवाद उन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि उक्त व्यवस्था कायम हुन नसकेको भन्दै राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनु पर्ने उनको भनाई छ ।  

मधेश-कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले समाजवाद उन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि ‘वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने सम्भावना नदेखिएकाले अव प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जानुको बिकल्प नरहेको बताए ।  

उनले स्थायी सरकारका लागि प्रधानमन्त्री,मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्ने अनिमात्र स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिने बताउदै अध्यक्ष डा.राउतले राजनीतिक अस्थिरताकै कारण विदेशी लगानी भित्रिन नसकेको र वैदेशिक लगानीबिना ठुला आयोजना विकास गर्न सम्भब नभएको बताएका थिए ।