Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एमालेको ‘राष्ट्रिय महिला भेला’आजदेखि शुरु

१६ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

एमालेको ‘राष्ट्रिय महिला भेला’आजदेखि शुरु

नेकपा एमालेले काठमाडौंमा गर्ने ‘राष्ट्रिय महिला भेला’आजदेखि शुरु हुँदैछ । एमाले जनसंगठन समन्वय संयन्त्रले दुई दिने राष्ट्रिय महिला भेला आयोजना गर्न लागेको हो ।

भेला काठमाडौँस्थित नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुने बताईएको छ । उक्त राष्ट्रिय महिला भेलाको पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १२ बजे उद्घाटन गने कार्यक्रम रहेको पार्टी स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिएका छन् ।

दुई दिने राष्ट्रिय भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागिता हुने जनाईएको छ ।

नेकपा एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको हो । 

भेलामा सहभागीहरुले १२ समूहमा विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने बताईएको छ ।