Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

जन्ताका जिउमा होला र कति नै, रक्त रहेको अरु

१८ सोमबार , माघ २०७२११ बर्ष अगाडि

नाकामा गई जो लडीबडी भई, खुट्टा पसार्नेहरु
बाटामा गई जो बेला न कुबेला, भाटा बजार्नेहरु,
सत्तामा रहि जो हासाई दुनियाा, चुट्का जगाउनेहरु
जोखाई वरि जो पचासौं किलोका, माला लगौनेहरु,
चिप्ल्याई कुरा जो बनाई सजिला, नौला बनिनेहरु
नौलाका बीच जो पसेर मुकिला, हौंला भनिनेहरु,
धर्मका नहुने अधर्म सरिका, भाषा गुनेकाहरु
जातिका अनेकौं नहुने तरिका, पासा बुनेकाहरु,
जन्मौंका अपुरा भएका धनले, भ्रष्ट आचारीहरु
कात्रामा बगली सिलाई रहेका, काला बजारीहरु,
जन्ताका जिउमा होला र कति नै, रक्त रहेको अरु,
खानु है सबले मिलिजुली अब, चोक्टाहरु नै बरु
खानु है सबले मिलिजुली अब, चोक्टाहरु नै बरु
(गरीबलाई पिरोल्नेहरुको कहिल्यै भलो हुादैन)
समकालीन साहित्य प्रतिष्ठान र पुरुषोत्तम अधिकारी