Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन आग्रह

२३ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन आग्रह

आर्थिक वर्ष २०८१/०८२ को बजेट घोषणा मार्फत विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आग्रह गरेका छन् । अध्यक्ष लिङदेनले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त आग्रह गरेका हुन् ।

प्रतिनिधि सभा बैठकमा अध्यक्ष लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन आग्रह गर्दै उनले विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतिय सवारीमा कर लगाइनु उचित नभएको बताएका थिए ।

अध्यक्ष लिङदेनले विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको भन्दै सधैँभरी अनुमान,अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको प्रक्रिया असफल भएको बताए । पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघुर्याउने कुनै प्रयत्न नभएको पनि जानकारी दिएका थिए ।

उनले बजेट नयाँ शैलीमा आउनुपर्ने भएपनि परम्परागत रुपमा नै आएको बताउदै बजेटमा धेरै विवादास्पद कुराहरु नभएको पनि जानकारी दिएका छन् ।