Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

२५ शुक्रबार , जेठ २०८१२ बर्ष अगाडि

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिश सिंह नियुक्त भएका छन् । सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री सिंह संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका सिंहले नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थन पाएका छन् । सिंहले उक्त पार्टीहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

यसअघि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा विश्वासको मत गुमाउदा पद मुक्त भएका थिए भने प्रदेश प्रमुखले सोहि दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आजसम्मको समयावधि दिएकी थिइन् । मुख्यमन्त्रीमा नियुक्त सिंहले आजै सपथ लिने कार्यक्रम रहेको छ ।