Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आज प्रधानमन्त्री प्रचण्ड भारत जाँदै

२७ आइतबार , जेठ २०८१२ महिना अगाडि

आज प्रधानमन्त्री प्रचण्ड भारत जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका हुन् ।

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने भएपछी प्रधानमन्त्री प्रचण्ड आज दिउँसो नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको टोलीमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने तयारि रहेको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार आज भाजपाका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसअघि मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै ‘छिमेक पहिले’ नीति ल्याएको र सोही विदश नीतिअनुसार मोदीले दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।