Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मञ्चकाे जुबेल क्षेत्रीय समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

०६ बुधबार , असार २०८१२ बर्ष अगाडि

मञ्चकाे जुबेल क्षेत्रीय समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च साउदी अरव, जुबेल क्षेत्रीय समितिको आयोजनामा बृहत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एसिया प्रदेश संगठन समितिका संयोजक सनिकुमार ओलीको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा ऐतिहासिक जनआन्दोलन, जनयुद्धलगायत विभिन्न माेर्चामा बलिदान दिएका योद्धाहरुप्रति उच्च सम्माान प्रकटसहित एक मिनेट मौन धारण गरेर औपचारिक रुपमा शुरू गरिएकाे थियाे भने विक्रम श्रीपालीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा ओलीले नेपालको समसामयिक राजनीतिक अवस्थाबारे चर्चा गर्दै मजदुरको हकहितको निम्ति हातेमालो गर्दै संगठन विस्तारमा जोड दिनुपर्ने बताए । त्यस्तै, समितिका सहसंयोजक श्रीकृष्ण भट्टराईले साउदी अरबमा रहेका नेपाली कामदारलाई कार्यक्रममार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आह्वान गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च, साउदी अरबका राष्ट्रिय कमिटी अध्यक्ष रामचन्द्र वाग्लेले साउदीमा रहेर अप्ठेराेमा परेका नेपाली मजदुरको उद्दारमा जोड दिनुपर्ने बताउँदै नेपाली राजदूतावाससँग समन्वय गर्दै पिडित कामदारको पक्षमा हातेमालाे गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा अतिथिहरूमा बविता भण्डारी, हरिबहादुर बुढाथोकी, सुजन पुडासैनी, भक्त कार्की, तारा सेन्चुरी, डिबी केसी, सुरज तिवारी, विशाल तामाङलगायत रहेका थिए । शिवराज विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सुनिल सेन्चुरीले गरेका थिए ।