Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाउ

०३ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

प्रम केपी ओली राष्ट्रिय सरकार गठन गर्ने एमाओवादी नेता प्रचण्डको आह्वानलाई मान्न तैयार छन् तर आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्छ भन्ने सर्त तेर्स्याएर। उनकै पक्षमा पूर्वसभामुख सुवास नेम्वाङले समेत यही सरकारमा सामेल हुन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। संविधान उत्कृष्ठ छ, संविधान कार्यान्वयन गर्न कांग्रेस सरकारमा सहभागी हुनुपर्ने धारणा छ नेम्वाङको। तर कांग्रेस अधिवेशनमा व्यस्त छ। सुशील कोइरालाको निधनपछि कांग्रेसको नेतृत्व कोइराला इतर कि भितर भन्ने ठूलै बहस चलिरहेको छ। फेरि ओली सरकारले देशमा समस्या बढाउने बाहेक निकास दिन नसकेका कारण यो सरकारको बिस्तार गरेर होइन, बिघटन गरेर अघि बढ्नुपर्ने आवश्यकताको विश्लेषण भइरहेको छ।