Advertisement Banner
Advertisement Banner

०४ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

रास्वपा प्युठानका संयोजक सुवेदीले पार्टी परित्याग गरे

१३ बुधबार , असार २०८१२ बर्ष अगाडि

रास्वपा प्युठानका संयोजक सुवेदीले पार्टी परित्याग गरे

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । उनले आसन र भाषणमा मात्रै रमाउन नसकेको भन्दै पार्टी परित्यागको घोषाण गरेका हुन् ।

सुवेदीले हिजो साँझ फेसबुकमा स्टाटस लेख्दै रास्वपाको कुनै पनि जिम्मेवारीमा आफु नरहेको बताएका छन् । ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफु नरहेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘आफु जिम्मेवारीमा हुँदा पदको कहीँ कतैपनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजग रहे, तैपनि कहीँ कतै केही कमजोरी भएको भए यहाँहरु सबैसँग माफी माग चाहन्छु ।’

‘समाज, मेरो बुझाई र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्य छ, त्यसैले मलाई म पार्टीगत राजनीतिको लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन,’ सुवेदीले थप लेखेका छन् ।

आफुसँग केही आशा गर्नेहरुको पनि गुनासो सुन्नुबाहेक केही गर्न नसकेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो । यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिन ।’

उनले आफ्नो प्रगति र उन्नतिको लागि पार्टीको प्रयोग गर्नु सबैभन्दा ठूलो बेइमानी हुने भन्दै देश फेर्नका लागि आफुहरु पनि फेरिन आवश्यक रहेको बताएका छन् ।

तर, फरक देखिएर र बोल्न सिकेर मात्र नहुने र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नुपर्ने उनको भनाइ छ । ‘फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी छ,’ सुवेदीले फेसबुकमा लेखेका छन् ।