Advertisement Banner
Advertisement Banner

१६ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

नेकपा एसकाे राष्ट्रिय महाधिवेशन आजदेखि शुरु

१७ आइतबार , असार २०८१२ बर्ष अगाडि

नेकपा एसकाे राष्ट्रिय महाधिवेशन आजदेखि शुरु

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ । दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि असार २० गतेसम्म काठमाण्डाैँकाे प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने लागेकाे हाे ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने बताइएकाे छ । हिँजाे पत्रकार सम्मेलन गरि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिएका थिए ।

सम्मानित नेता झलनाथ खनालले पत्रकार सम्मेलनमा महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिएका थिए भने नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउने बताए । दशाैं महाधिवेशनमा १ हजार ८सय ४९ प्रतिनिधिले भाग लिने बताइएकाे छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको र काठमाडौँ बाहिरका प्रतिनिधिहरू सबै आइसकेको उनीहरूलाई आवास तथा खानाको व्यवस्था  मिलाइएको बताइएकाे छ ।

झण्डै तीन वर्षअघि एमालेबाट विभाजन भएकाे पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हाे ।