Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेकपा एसकाे अध्यक्षमा नेपाल र भुसालकाे दाबी

२१ बिहिबार , असार २०८१२ बर्ष अगाडि

नेकपा एसकाे अध्यक्षमा नेपाल र भुसालकाे दाबी

प्रज्ञा भवन कमलादीमा जारी नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनकाे अन्तिम दिन आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । आगमी नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले दाबी गरेका छन् ।  

नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै नेपालले आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका छन् भने महासचिव भुसालले पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएकाे बुझिएकाे छ ।

अहिले अध्यक्ष चयनका लागि सहमतिकाे प्रयास भइरहेकाे र यदि सहमति नभए अध्यक्षका लागि दबै नेताबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै महासचिवका लागि उपमहासचिव गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा आकांक्षी छन् ।

१०औँ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची आजलाई तोकिएको छ भने पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखा परीक्षण कमिटीले निर्वाचन निर्देशिका निर्माण गरेको छ ।

महाधिवेशनले प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको र सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५-४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएकाे बताइएकाे छ ।

असार १६ गतेदेखि २० गतेसम्म चल्ने १०औँ राष्ट्रिय महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै १ हजार ८ सय ४९ जना प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ ।