Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

बाबुराम राष्ट्रद्रोही: प्रचण्ड

१० सोमबार , फाल्गुण २०७२११ बर्ष अगाडि

प्रचण्डले बाबुराम भट्टराई राष्ट्रद्रोही हुन् भनेर सबैलाई चकित पारिदिएका छन्। फागुन १० गते एमाओवादी अगुवा कार्यकर्तालाई प्रशिक्षण दिदै प्रचण्डले यस्तो आरोप लगाएका हुन्। भारतमा जेएनयुमा देशद्रोही र देशभक्तको चर्को बहस भइरहेको छ, जेएनयुकै पूर्वछात्र बाबुराममाथि प्रचण्डले राष्ट्रद्रोही भनेर लगाएको आरोप सुन्नेहरु सनन्न भएका छन्। बाबुराम राष्ट्रद्रोही हुन् भने १० वर्षे जनयुद्ध र लोकतन्त्रमा प्रधानमन्त्री हुँदासमेत प्रचण्ड कसरी सहयात्रा गरे होलान्? धेरैको जिज्ञासा रहेको छ। लसपस गरेर बस्दा बाबुरामको रङ कतै प्रचण्डमा त सरेन? प्रचण्डले बाबुरामको दिन आयो भने देश खतरनाक ठाउँमा पुग्छ भन्ने घोषणा पनि गरेका छन्। डाक्टर बाबुरामको बुद्धि नै रहेनछ भन्ने निष्कर्ष पनि प्रचण्डले सुनाएका छन्। स्मरणीय छ, बाबुरामका हनुमान बनेका रामेश्वर खनालले २०७५ मा नयाँशक्ति सरकारमा पुग्ने दावी गरिसकेका छन्।