Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मुख्यमन्त्री बन्दै

२० आइतबार , श्रावण २०८१२ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मुख्यमन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि खालि भएकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने पक्का भएकाे छ । नेकपा एमालेका सर्मथनमा नेपाली काँग्रेस कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका हुन् ।

आज नयाँ मुख्यमन्त्रीका लागि केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएअनुसार कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेकाे छ । यसअघि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको लागि आइतबार साँझ ५ बजेसम्मको लागि समय दिएका थिए ।

कांग्रेसकाे मुख्यमन्त्रीमा दाबीमा एमालेले पनि समर्थन गर्ने बताइएकाे छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेकाेमा मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ भने सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ सांसद रहेकाे छन् ।

मुख्यमन्त्रीको नेतृत्व कांग्रेसले पाउने भएदेखि नै पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका भतिजो प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकांक्षा देखाएकाे भएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि अन्य आकांक्षी पछि हटेकाे बताइएकाे छ ।