Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

सफाया सुरु भएकै हो त?

१० सोमबार , फाल्गुण २०७२११ बर्ष अगाडि

विप्लव माओवादीलाई विभिन्न जिल्लामा जनसरकार घोषणा गरेको खबर त आइरहेकै छ, पहिलोपल्ट कपिलवस्तुको जीतपुर बजारमा राजेस सेन भन्ने व्यक्तिको गोली हानी सफाया गरेको खबरले देशभरि नै आतंक फैलिएको छ। बिप्लव माओवादीले बन्द बिथोलेको भनेर सफाया गरेको खबर सार्वजनिक भएको छ। दशवर्षे जनयुद्धका घटना अझैसम्म छिनोफानो हुनसकेको छैन। बेपत्ता र मेलमिलाप आयोग गठन भएको वर्षदिनसम्म केही गर्न नसकेर कानुनविहीन बनाएर राखिएको छ। र, फागुन १ गते विभिन्न टुक्रे माओवादीले जनयुद्ध दिवससमेत मनाएका छन्। लोकतान्त्रिकरण भएका माओवादीहरुले जनयुद्ध दिवसलाई अझै गौरवका रुपमा लिइरहेका छन्। र, यति नै बेला विप्लव माओवादीले सैनिक परेड खेल्नु र सफाया अभियान चलाउनुले अर्को चर्को नरसंहार सुरु भएको हो कि भन्ने आशंका फैलिएको छ।