Advertisement Banner
Advertisement Banner

०२ शनिबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

बाघ मार्दै तिब्बततिर तस्करी

१० सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

बाघ, गैंडा गणना गर्न राखिएका केमरा नै चोर्दा पनि थाहा नपाउने निकुञ्जका कर्मचारीहरु यो वर्ष वन्यजन्तुको शिकार कम भयो भनेर आत्मप्रचार गरिरहेका छन्। तर, यो वर्ष पनि बाघ मारिए, तिब्बततिर तस्करी भए। यसमा बाबरिया जातिलाई दोषी देखाएर कर्मचारी र सुरक्षाकर्मी कसरी उम्कन सक्छन् र? प्रकाशमा आएको ९ थान बाघका छाला, १२५ किलो हड्डी पक्राउ पर्‍यो। केही वन्यजन्तु शिकारीलाई पनि पक्राउ गरेर कानुनी कारवाही थालियो। पक्राउ परेकाहरु खेताला थिए भन्ने स्पष्ट भइसक्दा पनि असफल वन्यजन्तुका शिकारी र तस्कर को हुन्? तिनीहरुसम्म किन पुग्नसकेन अनुसन्धान ब्यूरो? प्रश्न अनेक छन् र सत्यतथ्य लुकाइएको सबैले बुझेका छन्।

बाघको ९ थान छालाको अर्थ ९ बाघ मारिएछन्। यी बाघहरु शुक्लाफाँटाबाटै किन मारिए? भारतीय क्षेत्रमा बस्ने र नेपालमा बाघ लगायतका वन्यजन्तुको सिकार गर्नेहरु किन सक्रिय छन्, तिनको सक्रियता किन रोक्न सकिएन? डब्लुडब्लुएफको पर्याप्त सहयोग हुँदाहुँदै पनि वन्यजन्तुको सिकार किन रोकिएन? निरन्तर वन्यजन्तुको शिकार र तस्करी भइरहनुले सुरक्षा प्रणालीमा गम्भीर त्रुटी छ भनेर स्वतः मान्न सकिन्छ। कतै राजनीतिक अस्थिरताको लाभ उठाएर तस्करको प्रभावमा सुरक्षा प्रणाली परेको त होइन? राजधानीकै अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट सेटिङ गरेर पठाइएका ९ महिला भगाउन सक्ने माफियाको जालोजस्तै वन्यजन्तु तस्करमा पनि छैन भनेर मान्न सकिन्न। वन्यजन्तुको शिकार देशका सबै आरक्षा र हिमाली, पहाडी क्षेत्रमा व्यापक बन्दै गएको छ। हुकिचिल, रेडपाण्डा, सालक नछाड्नेले बाघ, गैंडा, भालु कसरी छाड्लान्? नेपालको सुरक्षा निकायले आफ्ना सुरक्षाकर्मी र सुरक्षानीतिको पुनर्मूल्यांकन गर्न जरुरी भइसकेको देखिन्छ।

महाकालीपारीको दोधारा चाँदनीमा पक्राउ परेका भारतीय नागरिक दुलाल मण्डल र सेटिङ भत्केर कञ्चनपुरको बेलौरीमा बाघको छालासहित पक्राउ परेका ११ जनामा पनि नेपाली र भारतीयहरु नै थिए, जो तिब्बततिर बाघका छाला लैजादै थिए। तिनको बयानले पनि तिनीहरु भरियामात्र भएको खुलेको छ। चितवन, बर्दियामा पनि वन्यजन्तु शिकारीहरु सलबलाइरहेका खबर छन्।