Advertisement Banner
Advertisement Banner

०२ शनिबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

राप्रपा नेपालको आधार हिन्दूराष्ट्र हो

१७ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-

कम्युनिष्ट पारामा आलोचनात्मक समर्थन गरेर संविधानमा ल्याप्चे ठोकेर सत्ताको साझेदार बनेको राप्रपा नेपालले संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रको आफू उभिएको आधार छोड्यो भनेर जनमानस, समर्थकवीच ठूलै आचोचना खेपिरहेको थियो। गाई र माई, पशुपतिनाथलाई समेत धोका दिएको आरोप लागेको थियो। तर 'सनतान धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता' का साथ देशव्यापी रुपमा राप्रपा नेपालले हिन्दूत्व जागरण अभियान थालेपछि सही ठाउँमा राप्रपा नेपाल फर्कन पुगेको छ। अध्यक्ष कमल थापाले 'संविधान निर्माणका क्रममा लिइएको जनमत विपरित' नयाँ संविधानमा धर्मनिरपेक्ष लेखिएकाले पुनः नेपाललाई हिन्दूराष्ट्र कायम गराउन यो अभियान थालिएको बताएका छन्।

प्रष्ट बोलेका छन् अध्यक्ष थापाले। धर्मनिरपेक्ष संविधानको सपथ खाएर उपप्रधानमन्त्री पदमा आसिन थापाले विदेशीको दबाब र प्रभावमा परेर षडयन्त्रमूलक ढंगले हिन्दूराष्ट्र नेपाललाई समाप्त गर्ने प्रयास भएको आरोप लगाए। उनले पश्चातापको भाषामा आफूहरुले हिन्दूराष्ट्र कायम राख्न गरेको प्रयास सफल हुनसकेन तर हिन्दूराष्ट्र कायम नभएसम्म विश्राम नलिने उद्घोष गरे। यो पनि कम साहसको कुरा होइन। तर आश्चर्य के छ भने धर्मनिरपेक्षवादी ठूला दल र स्वयं प्रधानमन्त्रीले उपप्रधानमन्त्रीको अभिव्यक्तिलाई किन स्वभाविक लिए?

कमल थापाले सत्ता र संविधान, ठूला दल र तिनको मान्यतालाई हल्लाउने प्रयास गरेका छन्। उनको प्रयास अव रोकिनु हुन्न। अव राप्रपा नेपालले जनताको समर्थन लिएर, जनतालाई धर्मप्रति जागरुक पारेर र आफ्नो यही राजनीतिक एजेन्डालाई सफल पार्न कम्मर कसेर अघि बढ्ने हो भने कार्यान्वयन हुनै नसकेको यो संविधान आफै गलित भएर सतीदेवीको अंग पतन भएझैं पतन हुँदैजानेछ। यो संविधानलाई जतिसुकै उत्कृष्ठ भने पनि जनताले यो संविधानमा अपनत्व ग्रहण गरेकै छैनन्। जबसम्म जनताले संविधानलाई स्वीकार गर्दैनन्, तवसम्म संविधान कार्यान्वयन हुनैसक्दैन। राजमोका चित्रबहादुर केसीले संघीयताको विरोधमा र राप्रपा नेपालका कमल थापाले धर्मनिरपेक्षताको विरोधमा यसैगरी आवाज घन्काउने हो भने केपी ओलीको सरकार त ढल्छ, ढल्छ, संविधान लेखियो, मेटियो हुने जानेछ। ६३ जनाको बली खाइसकेको संविधान पद्धति बन्न सक्ने, पुलिस शासनमा रुपान्तरण हुनपुगेको छ। पुलिस शासन पनि कहीँ चल्छ?