Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पद्धति परिवर्तनको संघारमा पुग्यो

०६ मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

पद्धति परिवर्तनको संघारमा पुग्यो

नेतातन्त्रले सीमा नाघेपछि कानुनव्यवस्था चरमरायो, जनता सत्ता र सत्ताका साझेदारहरूबाट ठगिन, लुटिन थाले, सुरक्षा भन्ने कतै केही पनि रहेन । यसकारणले यो पद्धति परिवर्तनको संघारमा पुग्यो । अब टालटुले े परिवर्तनले योपद्धति चल्न नसक्ने देखियो ।
यो व्यवस्थाको मृत्युघण्ट बज्यो ।
पहिले दक्षिण एसिया श्रीलंका, अफगानिस्तान, बंगलादेशमा परिवर्तनहरू भए । त्यसपछि विश्वमा अनेकौं अकल्पनीय घटना एकपछि अर्को घट्दैछन् । युद्धमात्र होइन, विश्वयुद्धको सुरू भइसकेको, शंखनाद हुनमात्र बाँकी छ भन्ने अवस्था देखिएका छन् । संसारमा ठूलाठूला घटना घट्ने डरलाग्दो समाचारहरू निरन्तर प्रकाशित भइरहेका छन् । घटना विश्वभरि घटेका छन्, त्यसको हावाहुरी नेपालमा पसिसकेको छ । आमनागरिक बिद्रोहको मूडमा सडकमा उत्रन थालेका छन् । यो पद्धिति, यी नेता र यिनका कृयाकलापबाट आमनागरिक यतिबिघ्न वाक्क भइसकेका छन् कि अब ललिता निवास जग्गा घोटाला, वाइड बडी काण्ड, सुन तस्करी, ज्यानमारा काण्ड, अपराधीबाट अरवौंको सम्पत्ती उपहारमा लिएका लगायतका ठूला ठूला काण्डलाई बिषयान्तर गर्नका लागि सांसद रवि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गरिएको छ । मूल प्रश्न के हो भने रवि लामिछानेको पक्राउले सहकारी ठगी पीडितले आफ्ना निक्षेप फिर्ता पाउँछन् त ? विज्ञहरू भन्छन्– यो राजनीति हो, राजनीतिमा कसैलाई तोड्न, कमजोर पार्न र आफू बलियो हुने षडयन्त्रबाहेक केही होइन । राष्ट्रबैंकले नियमन नगर्ने, सहकारी विभाग, सहकारी महासंघले बेवास्ता गर्ने, सहकारीमा पैसा जम्मा गर्नेहरू पीडित हुने । आफ्नो पैसा फिर्ता नपाएर मर्नुपरेका उदाहरण पनि छन् । तैपनि आमनागरिकका लागि सरकार छैन । देखिएन ।
८७ अर्व डुबाएका जनताको पक्षमा सरकार उभिन सकेन । रवि लामिछानेले बिना धितो ६५ करोड हिनामिना गराएको भन्ने आरोपमा उनलाई पक्राउ गरिएको छ । अरू सहकारी ठगहरू कहाँ छन्, तिनलाई के कारवाही भयो ? सरकार मौन छ । सहकारी ठगी काण्डबारे अनुसन्धान गरिरहेकाहरू भन्छन्– सहकारी डुबाउने, सहकारीको रकम हिनामिना गर्नेमा ९० प्रतिशत एमाले, कांग्रेसका नेताहरू संलग्न रहेका छन् । कानुन कमजोर छ, ४ वर्ष जेल बसेर हिनामिना फच्या हुने कारणले पनि कोही भाग्ने, इच्छाराज तामाङजस्ता ठग जेलमा आराम गरेर बस्ने, कांग्रेसका उपसभापति धनराज गुरूङजस्ता व्यक्तिसमेत नक्कली पारपाचुके गरेर ठगीमा लागेका प्रमाणहरू सार्वजनिक भइरहेका छन् । अर्थात्, लोकतन्त्रमा भ्रष्टाचार सदाचार भइरहेका छन् । राजनीतिको अपराधिकरण, शासन प्रशासनको ठगीकरणले यो पद्धतिप्रति अब जनताको घृणा बढ्न थालेको छ ।
नेपालमा राजनीतिप्रति जनतामा बढ्दो बितृष्णा र आक्रोश, सडकमा एउटा मेयरको जिन्दावाद र प्रधानमन्त्री, सत्तारूढ सभापतिको मूर्दावादको नारा लाग्नुले पनि राजनीति असफल भइसकेको देखिन्छ । पोखराजस्तो सानो सहरमा जनताको भीडलाई नियन्त्रण गर्न नसकेर निषेधाज्ञा लगाउनु, जुलुसमाथि पानीको फोहरासमेत प्रहरी दमन चर्काउनुले पनि यो पद्धति र यी नेता असफल भइसकेको अवस्था छ । सडकका परिदृश्य, कहालिएका नेतृत्व, सरकार र समाचार पढ्दा नेपाल पनि परिवर्तनको संघारमा पुगिसकेको भान हुन्छ । विकल्प खोज्नेका लागि यो खुसीको कुरा हो तर यही प्रकारले लोकतन्त्र चलाउन सकिन्छ भन्नेका लागि तिनले श्रीलंका अथवा बंगलादेशका शासक भागेजसरी भाग्नुपर्ने समय नजिकिएको दुःखद संकेत पनि हो । जो यथास्थितिको निरंकूशता र राजनीतिको अपराधिकरणमा रमाइरहेका छन्, तिनका लागि यो बिद्रोहको सुनामीका संकेतहरू तनावपूर्ण हुनथालिसकेको देखिन्छ ।
रास्वपालाई कमजोर पार्न, सभापति रवि लामिछानेलाई पक्राउ नगर्ने हो भने पार्टी टुक्य्राइदिन्छु भन्नेसम्मका दबाब झेल्न नसकेर सत्ता साझेदारका सभापतिले प्रधानमन्त्रीलाई सुझाव दिएपछि रवि लामिछाने पक्राउ परेका र उनलाई ५ महिनासम्म अनुसन्धान गर्ने भनेर थुनामा राख्न सकिने खबर आइरहेका छन् । तर रास्वपाले देशैभरि जुलुस निकाल्ने निर्णय गरेर र रास्वपालाई जनताले जसरी साथ दिएका छन्, सत्तारूढको अनुसन्धानको साजिस कायम रहने देखिदैन । रास्वपाले सहकारी डुबाउनेलाई नछाड्ने, सहकारी पीडितको पक्षमा उभिने निर्णय गर्नुले पनि सरकारलाई ब्याकफायर हुने लक्ष्यण देखिन्छ ।
रवि लामिछानेको पक्षमा जसरी आमनागरिक सडमा उत्रिएका छन्, त्यसले रास्वपा टुक्रिने, कमजोर हुने देखिदैन । उल्टै रवि लामिछाने र रास्वपा झन बलियो भएको छ । रवि लामिछानेले यो सरकार बिघटन गर्न आह्वान गरेका छन् । यसमा जनताले ताली पिटेर समर्थन जनाएका छन् । यसबाट पनि यो पद्धति र सरकार, एमाले र कांग्रेसले के गर्लान् त्यो हेर्नलायक परिदृश्य हुनेछ । सरकार मात्र होइन, प्रम केपी ओली, कांग्रेस र सभापति शेरबहादुर देउवा साह्रै अलोकप्रिय हुनपुगेका छन् । यसको लाभ कसलाई होला ? त्यो भविष्यले बताउला तर यक्ष प्रश्न यही हो कि जनता यी नेता र यो व्यवस्थाको समर्थनमा रहेनन् । जब जनताको विश्वासको कडी टुट्छ, त्यो व्यवस्था र ती नेता कसरी टिक्लान् र ? राज्यले हानेको प्रहरीको कटवास र पानीको फोहरलाई जनताले टेरेनन्, राज्यले घोषित गरेको निषेधाज्ञालाई जनताले तोडिदिए भने बुझ्नुपर्छ, यो व्यवस्था धेरै दिन चल्न सक्दैन । यी नेताको स्वार्थी, जनविरोधी र भ्रष्ट शासन ढल्नेदिन आयो ।
परम्परागत शक्तिमाथि निषेध, लोकतान्त्रिक शक्तिहरूभित्र विभेद र प्रतिशोध, कानुनको खिल्ली उडाएर भागशान्ति जयनेपाल गर्ने तरिका अपनाउनुले नै बिधिमाथि बलात्कार हुनपुगेको हो । जनताको विश्वास टुटेको कारण यही हो ।