Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

कालोधन र गोलीको बैंक इन्भेष्टमेन्ट बैंक

०८ सोमबार , चैत्र २०७२११ बर्ष अगाडि

स्रोत नखुलेको विदेशी धन खुरुखुरु ल्याउन सकिने वैंक नेपाल इन्भेष्टमेन्ट बैंक हो भने अव लकरमा गोली थुपार्ने छुट दिने बैंक पनि इन्भेष्टमेन्ट बैंक बन्न पुगेको छ। अरु वैंक भएको भए राष्ट्र बैंकले कडा कारवाही गरिसकेको हुनेथियो तर शक्तिशाली व्यक्ति सिइओ भएको कारणले इन्भेष्टमेन्ट बैंकभित्रको लकरमा के छ? यो बैंकले गर्ने अरु कालो बैंकिङ् कारोबार के के छन्, छानबिनको दायरामा नै ल्याइएको छैन। मात्र राष्ट्र बैंकले भनेको छ– अव बैंकहरुका लकरमा पनि निगरानी गरिने छ। छानबिन कहिले  गर्ने? केन्द्रीय वैंक– राष्ट्र बैंक नै बोल्दैन। \u000aल्हारक्याल लामाको बैंक लकरमा सुन, अवैध विदेशी मुद्रा हुनसक्छ भनेर अख्तियारले छापामार्दा पेस्तोलका गोली भेटियो तर त्यो गोली फिट हुने पेस्तोल कहाँ छ? अहिलेसम्म अत्तोपत्तो छैन। अवैध हतियारबारेको छानबिन किन अघि बढेन? यो पनि सन्देह गर्नुपर्ने विषय बनेको छ।

वैंकको लकरमा के राखियो? यस सम्बन्धमा एउटा साँचो ग्राहक र अर्को साँचो बैंकसँग हुन्छ। यो बाहेक लकर भएको क्षेत्र पूरै सीसीटीभीको क्षेत्र हो। वैंकलाई ग्राहकले के राख्यो भन्ने सम्बन्धमा सामान्य जानकार हुनेगर्छ। तर, ल्हारक्यालका सम्बन्धमा स्वयं वैंकका सिइओ पृथ्वीबहादुर पाण्डे संलग्न भएको आशंका गरिएको छ। लकर लिदा गरिने सम्झौतामा स्पष्ट लेखिएको हुन्छ– बैंकलाई निरीक्षण गर्ने अधिकार सुरक्षित हुनेछ। ल्हारक्यालको लकरमा गोली भेटिएपछि सिंगो इन्भेष्टमेन्ट बैंकमाथि शंका उठिसकेको छ, कतै यो बैंक कालोपैसा र बन्दुक गोलीको सुरक्षित भण्डारस्थल त बनिरहेको छैन? तैपनि इन्भेष्टमेन्ट बैंकले चुप्पी साधेर यो प्रकरणलाई भासभुस पार्ने प्रयत्न गरिरहेको छ। अन्य बैंकहरु भन्छन्– व्यक्ति र व्यक्तिले लिएर गएको सामानमा मेटल डिटेक्टरले पत्ता लगाउने गर्छ। अझ लकरसम्म जान त झन बढी चेकिङ हुनेगर्छ। गोली नै लकरमा राख्नु भनेको त बैंक अधिकारीको संलग्नताबिना सम्भव नै छैन। इन्भेष्टमेन्ट बेंक चुप छ, बैंकहरुको बैक नेपाल राष्ट्र बैंकका काविल भनिएका गभर्नर चिरञ्जीवी नेपाल पनि मौन छन्। यसको अर्थ भित्रभित्रै ठूलै लेनदेन र राजनीतिक दबाबले काम गरिरहेको छ।

ल्हारक्याल लामाले भनेका छन्– साथीले राख्न दिएको। जसले दिए पनि गोली लकरसम्म पुग्यो कसरी? त्यो गोली लाग्ने बन्दुक कहाँ छ, कसको  हो? यसबाहेक पाण्डे खलकहरु सिकार खेल्न सौख राख्ने परिवार हो। उनीहरु कालोधन र जंगली जनावरको सिकार खुब गर्छन्। बैंकिङ पेसामा लागेपछि पैसा कमाउने अनेक धन्दा गरिरहेका छन्। यसबाहेक पृथ्वीबहादुर पाण्डे गोल्डक्वेष्टका वारेण्टेड व्यक्ति पनि हुन्। जसका कारण उनी अष्ट्रेलिया लगायतका मुलुक जान सक्दैनन्।

र, ल्हारक्याल लामा पहिले गुम्बा व्यवस्था समितिमा नियुक्त व्यक्ति हुन्। उनले झलनाथ खनाललाई करोड बुझाएर सभासद बनेका थिए भने पछि अर्को पार्टीलाई करोड बुझाएर अर्थराज्यमन्त्री समेत बने। अहिले त्यस्तै लेनदेन गरेर प्रचण्डका समानुपातिक सभासद थिए। यी व्यक्तिप्रति चीनले नेपालमा फ्रि तिब्बत मुभमेन्ट चलाउने र चीनविरोधी गतिविधिका लागि हिमाली भेगका गुम्बाहरुमा फौजी संगठन बनाउने व्यक्तिका रुपमा आपत्ति प्रकट गर्दै आएको गृहस्रोत बताउँछ।यति गम्भीर मामिलामा पनि विशेष छानबिन नहुनु र उल्टै ल्हारक्याल लामाले समय आएपछि बोल्छु भनेर धम्क्याएको कसलाई हो? यो विषयमा धेरै अनेक आशंका गर्न थालेका छन्।