Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

३ सहमति पूरा गर

११ मंगलबार , मंसिर २०८११५ दिन अगाडि

३ सहमति पूरा गर

आतंकपूर्ण कार्य सकियो । सरकारले सहमति गरेका सर्त पूरा गरिदिंदा नेकपा विप्लवसमूह संविधानको दायरामा आउँछौं भनिरहेका छन् । सरकारले किन यता ध्यान नदिएको हो ?
गत शनिवार पुनर्गठनको ११औं वार्षिकोत्सवको राजधानी आमसभामा विप्लवले भनेका छन्– भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको छ । विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पुराना दलहरू एकदोस्रालाई भ्रष्टाचारीको आरोप लगाउँदै आफू चोखो भएको प्रष्टिकरणमात्रै दिन्छन् । हिजो प्रचण्ड सरकार ढल्दैन भन्दा भन्दै उनको नेतृत्वको सरकार ढल्यो, अहिलेको सरकार पनि राति, विहान जुनसुकै बेला ढल्ने उनको दावी छ । जनतामा अन्यायमा परेको र भ्रष्टाचारको ठूलो अतंक छ । माथिबाट बजेट जान्छ तलसम्म सबै बाँडेर खान्छन् । भ्रष्टाचार गर्छन् ।
विप्लवले भनेका छन्– विप्लवले ०८४ मा हुने आम निर्वाचनमा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार छौं, सरकारले तीन बुँदे सहमति कार्यान्वयन गरोस्, यसो भयो भने हामी ६७४३ वडामा लड्ने छौँ । ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने छौँ ।
शान्तिपूर्ण राजनीतिमा आउने, ०८४ को निर्वाचनमा सबै क्षेत्रमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै फागुन २० गते हिंसा त्यागेको नेकपा बिप्लव समूहले फेरि प्रश्न उठाएको छ, ३ बुँदे सहमतिको पालना सरकारले किन गरेको छैन ? संवादमा आउँदामा पनि प्रतिवन्ध हटाउने, पक्राउ परेका सबै बन्दी रिहाई गर्ने, मुद्दा खारेजी गर्ने कार्य अझै पनि नगर्नु सरकारको षडयन्त्र रहेको विप्लवको दावी छ । सरकारले हत्या हिंसामा लागेको आरोपमा नेकपा विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।