Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि शुरु

१३ बिहिबार , मंसिर २०८११३ दिन अगाडि

आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि शुरु

यहि माघ १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । यही मंसिर १६ गते बिभिन्न ४१ पदका लागि मतदान हुने उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने भएको हो ।

मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने, उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन मतदानको ४८ घण्टाअघि मौन अवधि लागू गर्नेछ ।

मंसिर १६ गते आइतबार उपनिर्वाचन तोकिएका ४४ पदमध्ये ३ पदमा एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भइसकेको र बाँकि ४१ पदका लागि मतदान हुन लागेको हो । निर्विरोध निर्वाचित हुनेमा ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएको बताइएको छ ।