Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

मन्त्री नै सिके राउतका चेला

२९ सोमबार , चैत्र २०७२११ बर्ष अगाडि

भारदह, सप्तरीका एमाले सभासद उमेशकुमार यादव सिंचाई मन्त्री छन्। यी मन्त्री यादवले मधेसमा विशेष सिंचाई कार्यक्रम ल्याएर भनेका छन्– मधेसमा समस्या छ, मधेसी पीडित छन्। मधेसीमाथि विभेद भएको छ। मधेसी अधिकारबाट बन्चित गरिएका छन्। त्यसकारण शासकले मधेसप्रतिको गतल सोच परिवर्तन गर्नुपर्छ।

मन्त्री शासक होइ कि होइन? लोकतन्त्रमा सरकार भनेकै शासक हो। सरकारको नेतृत्व मन्त्री यादवकै पार्टी अध्यक्ष केपी ओलीलेगरिरहेका छन्। आफै मन्त्री छन् र भन्छन्– शासक मधेसप्रतिको सोच बदल। यही कुरा मधेसका जनतालाई सुनाउनुको बदला मन्त्रिपरिषदको बैठकमा यिनले किन भन्न सकेनन्? र, चेतावनी दिन्छन्– मधेसप्रतिको विभेद अन्त्य गरिएन भने मधेसी जनताले यी शासकका शासनलाई भत्काइदिन्छन्।  उनले पहाडीया कर्मचारीहरुले आफूलाई काम गर्न नदिएको आरोप पनि लगाएका छन्। यी कस्ता मन्त्री हुन्, जो विभेदका कुरा गर्छन्, शासन भत्काउने चेतावनी पनि दिन्छन्। कतै यिनी सिके राउतको प्रभावमा परेका एमाले त होइनन्?

मन्त्री पदमा बसेको व्यत्तिले शासकमाथि धावा बोल्न मिल्छ कि मिल्दैन? आफै शासक हुने अनि शासकका नाममा पहाडीयामाथि धावा बोलेर मधेसीको मनमा पहाडीविरुद्ध तुषको भावना भरेर साम्प्रदायिक सद्भावना भड्काउने काममा लाग्छन् भने प्रधानमन्त्री केपी ओली र उनको पार्टी एमाले यस्तालाई किन छुट दिइरहेछ?