Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

कानुनी इतिहासमा नयाँ चरण

२९ सोमबार , चैत्र २०७२११ बर्ष अगाडि

चैत २८ गते आइतवार नेपालको कानुनी इतिहासमा नयाँ चरण सुरु भयो। पहिलोपल्ट बरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न न्याय परिषदले सिफारिस गर्‍यो। कार्की पहिलो महिला प्रधानन्यायाधीश बन्नेछिन्। चैत ३० गतेदेखि कल्याण श्रेष्ठले अवकाश पाउने भएपछि सुशीला कार्की नै तत्काललाई कामु र सुनवाई र नियुक्त भएपछि प्रधानन्यायाधीश सम्हाल्नेछिन्। भ्रष्टाचार र विभेदविरुद्ध कडा निर्णय गर्ने स्वभावकी सुशीला कार्कीको सबैतिर प्रशंसा भइरहेको छ।

महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश, नेपालको लोकतन्त्रको जग अव महिलाको हातमा आइपुगेको छ। अव महिलाले केही गरिहाल्छन् कि?