Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

प्रचण्डले यी भ्रष्टाचारीलाई काखी च्याप्छन् ?

२९ सोमबार , चैत्र २०७२११ बर्ष अगाडि

शिक्षामन्त्री गिरिजामणि शिक्षा क्षेत्रलाई तहसनहस पार्ने, शिक्षक पेशालाई बदनाम गर्ने र शिक्षकहरुको भविष्य अन्धकार पार्दै ५ लाखसम्म घूस लिएर शिक्षा मन्त्रालयअन्तर्गत सरुवा काण्ड मच्चाएका भ्रष्ट मन्त्रीका रुपमा बदनाम भएका छन्। शिक्षकहरुले पेरिस डाँडामै भ्रष्टाचारका अनेक प्रमाणसहित लिखित उजुरी गरेपछि शिक्षा मन्त्री मणिको पद धरापमा परेको छ। \u000a    कुनै बेला न्यायका पक्षधर मानिएका मणि शिक्षामन्त्री भएपछि भारतीय दलालसम्मका आरोप खान बाध्य भएका छन्। शिक्षकहरुको उजुरी नसुन्दा शिक्षक फाँट नै पार्टी विरुद्ध जानसक्ने भएकाले अध्यक्ष प्रचण्ड अप्ठेरोमा परेका छन्। अव हेर्नुछ, प्रचण्डले यी भ्रष्टाचारी मणिलाई काखी च्याप्छन् कि अन्याय पर्‍यो भन्नेहरुको कुरा सुन्छन्?