Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

रविको राजनीतिक जीवन धरापमा

२९ सोमबार , पौष २०८१एक बर्ष अगाडि

रविको राजनीतिक जीवन धरापमा

राजनीति सुधार्न रास्वपा खोलेका र जनविश्वास जित्न सफल भएका रवि लामिछाने राजनीतिमा लाग्नुपूर्वका कामकारवाहीले संकटमाथि संकट झेलिरहेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटीमा छुटेका रवि काठमाडौंको प्रहरी खोरमा छन् । स्वर्णलक्ष्मी सहकारीको बचत दुरूपयोग मुद्दामा बहस हुँदैछ । काठमाडौंपछि बुटवल सुप्रिम सहकारी ठगी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारी ठगीको मुद्दा झेल्नुपर्नेछ । रवि लामिछानेले गोरखा मिडियामा रहँदा खर्च गरेको र लगानीका कारण उनको अदालत संघर्ष धेरै लामो हुने देखिन्छ ।
८७ अर्वको सिधै सहकारी ठगी भएको छ । त्यसमध्ये ६५ करोडको ठगीमा रवि लामिछानेलाई फसाउने र उनको राजनीतिक जीवन समाप्त पारिदिने ठूला पार्टीको षडयन्त्र हो भनिदैछ । खासमा साना बचतकर्ताको बचत फिर्ता र ठूला सहकारी ठगहरूले किन उन्मुक्ति पाइरहेका छन् भन्ने सवालको जवाफ सरकारसँग छैन ।