Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

युवाहरुलाई स्वदेशमै अध्ययन गरी राष्ट्र निर्माणमा लाग्न आग्रह

३० बुधबार , माघ २०८१एक बर्ष अगाडि

युवाहरुलाई स्वदेशमै अध्ययन गरी राष्ट्र निर्माणमा लाग्न आग्रह

युवाहरुलाई स्वदेशमै अध्ययन गरी राष्ट्र निर्माणमा योगदान दिन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आग्रह गरेका छन् । आज नेविसंघ पाटन संयुक्त क्याम्पस इकाईले आयोजना गरेको नव आगन्तुक विद्यार्थी स्वागत तथा पुस्तकालय हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री सिंहले उक्त आग्रह गरेका हुन् ।

नेपालमा शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार भइसकेको बताउदै मन्त्री सिंहले विगतमा नेपाली विद्यार्थीहरूले सीमित विषयहरू मात्र अध्ययन गर्न पाउने अवस्था भएपनि अहिले अन्तर्राष्ट्रिय स्तरमा पढाइ हुने विषयहरू नेपालमै उपलब्ध भएकाले स्वदेशमै अध्ययन गरेर समाज र देशलाई अघि बढाउन युवाहरूले ध्यान दिनुपर्ने बताए ।

शैक्षिक गुणस्तरको विषयमा उठ्ने प्रश्नहरू पहिलेजस्तो नभएकाले नेपालमै विभिन्न विषयमा अध्ययन गर्ने अवसर भएको र अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयमा पढाइ हुने धेरै विषयहरू नेपालकै कलेजहरूमा उपलब्ध भएकाले युवाहरुले नेपालमै बसेर अध्ययन गरी समाजको उन्नतिमा लाग्नुपर्ने उनको धारणा रहेको थियो ।