Advertisement Banner
Advertisement Banner

२२ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

देशकाे लागि त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा : प्रचण्ड

०२ शुक्रबार , फाल्गुण २०८१२ बर्ष अगाडि

देशकाे लागि त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा : प्रचण्ड

नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता नेपालकाे लागि कोसेढुङ्गा सावित भएकाे नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँगकाे भेटमा उक्त धारणा राखेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताउँदै यसअघि प्रधानमन्त्रीका रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेकाे समेत उल्लेख गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले भने, “भारत र बङ्गलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो देशको समृद्धिका लागि कोसेढुङ्गा नै हो ।” उनले  जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बङ्गलादेशलगायत देशलाई बिक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्ने समेत बताएका छन् ।

उनले यसका लागि विद्युत् उत्पादनमा ध्यान दिनुपर्ने बताउँदै भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई दश वर्षमा १० हजार मेगावट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको समेत उल्लेख गरेका छन् ।