Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

बुद्ध जयन्तिमा चीनको अर्थपूर्ण उपस्थिति

२२ बुधबार , बैशाख २०७३१० बर्ष अगाडि

जेठ ६ गतेदेखि ८ गतेसम्म काठमाडौंदेखि लुम्बिनीसम्म २५६०औं विशेष बुद्ध जयन्तिका अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रम हुने भएको छ। यसका लागि २२ देशका प्रतिनिधि र ४० देशका भिक्षुहरुलाई निम्तो दिइएको छ भने बुद्धविज्ञहरु, अनुयायीहरु नेपाल आउने भएका छन्। ४ सय विशेष प्रतिनिधिहरु सहभागी हुनेछन्। खासगरी चिनियाँ राष्ट्रपति सिजिन पिङ नै सहभागी हुनसक्ने चर्चाले भारतलाई आश्चर्यमा पारिरहेको छ। निम्तो भारतका प्रधानमन्त्रीलाई पनि दिइएको छ तर ओली सरकार र मोदी सरकारवीचको शीतयुद्ध जारी रहेकाले मोदी आउने सम्भाबना न्यून देखिन्छ।

चीनले यसपटकको बुद्ध जयन्तिमा नेपालको लुम्बिनीको भ्रमण गर्न प्रचारप्रसार नै गरेकाले हजारौं चिनियाँ पर्यटक बुद्ध दर्शनका लागि आउने तैयारी गरिरहेको खबर छ। लुम्बिनीमा चिनियाँ भिक्षु सुआन चाङको मूर्ति राख्ने योजना पनि छ। यसका लागि सान्सी प्रान्तका उपमन्त्री याओ यिनलिङ नेपाल आउने छन्। चाङ तिनै बुद्धमार्गी हुन् जसले बुद्ध धर्म चीन लगेका थिए। समस्या लुम्बिनी विकास कोषभित्रै छ। यो कोषमा राजनीतिक भागबण्डाका आधारमा नियुक्त पदाधिकारी कार्यरत छन्। सदस्य सचिव अजितमान तामाङ भन्छन्– यसपटकको बुद्ध जयन्ति विशेष हुनेछ। अन्तर्राष्ट्रिय हुनेछ।