Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

किन दिएनन् मोदीले देउवालाई समय ?

०९ शुक्रबार , फाल्गुण २०८१९ महिना अगाडि

किन दिएनन् मोदीले देउवालाई समय ?

दिल्ली दर्शनमा जान खुट्टा उचालिसकेका कांग्रेस सभापति देउवा थच्चिएका छन् । प्रम मोदी, परराष्ट्रमन्त्री जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाल कसैले पनि देउवालाई भेट्ने समय नदिएपछि देउवाको दिल्ली भ्रमण स्थगित हुनपुगेको हो ।
यो विषयलाई प्रतिपक्षीहरु कांग्रेस एमाले सरकारसँग दिल्ली खुश नभएको अर्थ प्रचार गरिरहेका छन् । तर भित्र भित्रै नेपालको राजनीतिक परिवर्तनको संकेत देख्नेहरु देउवाको भ्रमण स्थगित हुनु पछाडि अर्कै कारण देखिरहेका छन् । माओवादी नेतृत्वमा कांग्रेससहितको सरकार चलिरहेको थियो, अकस्मात एक व्यापारीको घरमा गत असार १७ गते ओली र देउवावीच ७ बुँदे सहमति भयो र रातारात ओली नेतृत्वको सरकार बन्यो । यो परिवर्तन पछाडि भारो पश्चिमाको हात थियो । यसकारण पनि भारत रिसाएको होइन, नेपालमा बढ्दो जनअसन्तुष्टिलाई परिवर्तनको माध्यम बनाउने योजना पछाडिको कारण हो देउवाको भ्रमण स्थगित हुनु भनिदैछ ।
यद्यपि प्रम ओलीले भारत भ्रमणका लागि मरिहत्ते गर्दा पनि भारतले निम्तो दिएको छैन । परराष्ट्रमन्त्री आरजुमार्फत नेपालले निम्तो दिएको उत्तरसमेत भारतले नदिनुले भारत रिसाएको हुनसक्छ । त्यसमाथि प्रम ओलीले चीन भ्रमण गर्नु, बीआरआईमा सहमति जनाउनु र अब पाकिस्तान र बंगलादेश जान्छु भनेर घुक्र्याउनुले पनि भारत डगमगाएको छैन । यसको अर्थ नेपालमा राजनीतिक परिवर्तन छिटै हुने विश्लेषकहरु बताउँछन् ।
भन्नलाई भारतको उत्तर प्रदेश सरकारले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा भनिएको थियो, तर एक्कासी देउवाको दिल्ली उत्तरप्रदेशको भ्रमण रद्द हुनुको रहस्य छिटै खुल्ने एक विश्लेषकले बताएका छन् ।
फागुन ७ गतेको पूर्वराजाको सन्देश विशेष तैयारीका साथ आएको मान्नेहरुले नेपालमो राजनीतिक परिवर्तनको आहट देखिरहेका छन् ।