Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सहिद स्मृति दिवसमा माओवादी बेलकोटगढी नगरद्वारा वैचारिक, राजनीतिक कार्यशाला

१८ आइतबार , फाल्गुण २०८१एक बर्ष अगाडि

सहिद स्मृति दिवसमा माओवादी बेलकोटगढी नगरद्वारा वैचारिक, राजनीतिक कार्यशाला

सहिद पार्वती पौडेलको २० औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) बेलकोटगढी नगर समिति नुवाकोटको आयोजनामा वैचारिक, राजनीतिक कार्यशाला सदरमुकाम विदुरमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको कार्यशालमा पहिलो दिन मार्क्सवाद र उत्पीडित जातीय सवालका विषयमा नेता पर्शुराम तामाङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस्तै राजनीतिको अर्थशास्त्र विषयमा नेता डिपि ढकाल र नेतृत्व विकासका विषयमा नेता गणेश विकले कार्यपत्रसहित प्रशिक्षण दिनुभएको थियो । कार्यशालाको दोस्रो दिन वातावरण र जलवायु परिवर्तनका विषयमा नेता एवं लेखक नारायण नेपालले, संगठन र पद्धतिका विषयमा नेता गणेश विकले, नेपालको संविधान २०७२ र महिला अधिकारका विषयमा संघीय सांसद विमला सुवेदीले, सामाजिक सञ्जाल नेतृत्वसम्बन्धमा नेता सितल थपलिया र कम्युनिस्ट आन्दोलन र समाजवादका विषयमा नेता लेखनाथ न्यौपानेले प्रशिक्षणसहित कार्यपत्र प्रस्तुत गर्नुभएको नेकपा माओवादी केन्द्र बेलकोटगढी नगर अध्यक्ष गोकर्णनाथ न्यौपानेले जानकारी दिनुभयो ।

कार्यशालाको उद्घाटन गर्दै पूर्वमन्त्री एवं माओवादी नेता हितबहादुर तामाङले पार्टी संगठन बलियो बनाउन जनस्तरमा हुने वैचारिक राजनीतिक प्रशिक्षण महत्वपूर्ण हुने बताउनुभयो ।कार्यशालाको समापन कार्यक्रममा बागमती प्रदेश सांसद एवं माओवादी प्रदेश उपाध्यक्ष रामप्रसाद ढुंगाना, जिल्ला संयोजक पुष्प लामिछाने, जिल्ला इन्चार्ज हिरानाथ खतिवडा, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा कानुन न्याय तथा मा मानवअधिकार समिति सभापति विमला सुवेदीले मन्तव्य दिनुभएको थियो । कार्यकर्ताको क्षमता विकासको लागि यस्ता प्रशिक्षण कार्यक्रम नियमित सञ्चालन गर्ने माओवादी बेलकोटगढी नगरअध्यक्ष न्यौपानेले बताउनुभयो ।