Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

सांसदलाई दिने विकास खर्च रोक

०३ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

एमाले सांसद पशुपति चौलागाईं हुन् यी। यिनले विवेकपूर्ण प्रस्ताव संसदमा राख्दै भनेका छन्– सांसदलाई दिने डेढ करोड विकास खर्च रोक्नुपर्छ र सांसद विकास कोषको रकम उर्जा विकासमा लगाउनुपर्छ। सांसदले डेढ विकास कोषबाट १ करोड ७० लाख बुझ्ने गरेका छन् तर यसबाट उपलव्धि शून्य देखिएको छ। त्यसैले सबै रकम एकीकृत रुपमा उर्जा विकासमा लगाउन उनले प्रस्ताव गरेका हुन्। एमालेभित्र पनि विवेकशील सभासद देखिएको संसदीय इतिहासमा यो पहिलो घटना हो। सांसद चौलागाईंको भनाई छ– सांसदले खाएनन् होला, तर उपलव्धि के? त्यसैले ६ सय १ सभासदले पाउने रकम ४ अर्व ८० करोड २० लाख एकमुष्ट रुपमा उर्जा संकटमा खर्च गरौं भन्ने प्रस्ताव गरेको हुँ। यसबाट वर्षेनी २५ मेगावाट विजुली निकाल्न पुग्छ। धन्यवाद चौलागाईं।