Advertisement Banner
Advertisement Banner

२२ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

१७ सोमबार , चैत्र २०८१२ बर्ष अगाडि

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

आज त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विद्युतीय मतदान प्रणालीमार्फत बिहान ८ बजेदेखि सुरू हुने भनिएकाे निर्वाचन केही ढिलाइ गरेर सुरू गरिएकाे र दिउँसाे ४ बजेसम्म मतदान हुनेछ ।

यसअघि २०७९ सालमा पहिलो पटक विद्युतीय मतदान प्रणाली लागू गरिएको र जसलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु नेतृत्वका लागि प्रमुख विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विभिन्न समूह प्रतिस्पर्धामा रहेका छन् ।

नेविसंघ र अखिल क्रान्तिकारीले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न लागेकाे उक्त निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच तालमेल गरेका छन् । जसमा स्ववियु अध्यक्ष पदका लागि प्रमुख उम्मेदवारहरूमा अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेविसंघबाट दीपकराज जोशी, अखिल क्रान्तिकारीबाट प्रविन दाहाल, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, सुधारवादी विद्यार्थी संघबाट मिलन तामाङ, नेक्राविसंघबाट विमल सुवाल, अखिल क्रान्तिकारी बहुमतबाट राजन साउद तथा स्वतन्त्र उम्मेदवार पदमा भुसाल प्रतिस्पर्धामा रहेका छन् ।

त्यसैगरि स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्का, अनेरास्ववियु (क्रान्तिकारी) बाट भुवन तिमिल्सिना, स्वतन्त्र उम्मेदवार दिप्रसन केसी, र नरेन्द्रसिंह साउद पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १ सय ४६ जना मतदाता रहेका छन् । यसअघि चैत ५ गतेका लागि तय गरिएको मतदान प्रक्रिया विविध कारण स्थगित भएकाे थियाे ।