Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

Image

भ्रष्टहरूको दिनगन्ती सुरू

शाश्वत शर्मा

२५ मंगलबार , चैत्र २०८१२४ दिन अगाडि

भ्रष्टहरूको दिनगन्ती सुरू

नेपालमा द्रुतगतिमा घटनाक्रम घटित भइरहेका छन् । चैत १५ को दुर्भाग्यपूर्ण राज्यसत्ता दमनबाट उत्पन्न घटनको चर्चा भइरहेको बेलामा गत बिहीवार काठमाडौं महानगरपालिकाका जिम्मेवार व्यक्तिबाटै ताल्चा फोड्ने, भ्रष्टाचारको आरोप लगोका कार्यकारी अधिकृतलाई हुलहुज्जत गरेर हुलिनु, निर्वाचित भेयरको साख गिराउने काम भएका छन् । यो विषय तातै छ, शुक्रवार राति तुल्सीपुर उच्च अदालतको आदेशले बुढानीलकण्ठस्थित आफ्नँै निवासको बेडरूममै पसेर प्रहरीले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको छ । शुक्रवार नै थाइलेण्डमा नेपालका प्रम ओलीले थाइलेण्ड र भारतका प्रधानमन्त्रीसँग वार्ता गरेका छन् । खासगरी भारत र नेपालका प्रम नरेन्द्र मोदी र केपी ओलीवीचको गोप्य एकान्त वार्ताको विषय सार्वजनिक नहुँदै उल्लेखित घटना भएका हुन् । १५ गतेको राज्य आतंकलाई विषयान्तर गर्न घटना अनेक भएका भनिदैछ । तथापि सडकदेखि बुद्धिजीवीले समेत न्यायिक छानबिनका लागि माग गरिरहेका छन् र प्रम ओलीले नकार्न सकेका छैनन् ।
राजतन्त्रवादीको शान्तिपूर्ण आन्दोलनलाई बर्बरतापूर्वक राज्यदमन गरियो र सेनासमेत परिचालन गर्नुपर्ने अवस्था आउनुबाट राज्यसञ्चालकहरू जनताबाट कति टाढिसकेछन् भन्ने सबैले अनुमान गरेका छन् । फागुन २५ र चैत १५ को राजतन्त्रवादी आन्दोलनको समाचार विश्वभरिका शक्तिशाली मिडियाहरूले कभरमात्र गरेनन्, नेपाली जनताले राजतन्त्र खोज्न थालेको रूपमा प्रस्तुत गरेका छन् । यसबाट गणतन्त्रवादीहरू झन बढी हतोत्साही र आत्तिएका देखिन्छन् । त्यसैको परिणति हो, राजालाई अनाहकमा विवादमा तान्ने घटनाक्रमलाई लिन सकिन्छ ।
विश्लेषकहरू जनताको आक्रोश यति बढीसकेको छ कि संवोधन गर्न गणतन्त्रवादी अग्रसर नभए बंगलादेश मोडलमा मुलुक जानसक्ने बताउँछन् । सरकारमा रहेका र विपक्षी तथा तिनका मिडियाहरूले भ्रम फैलाएर यो पद्धति बिनष्ट पार्न लागिपरेका छन् भन्नेहरू पनि धेरै छन् । त्यसै पनि कूलमान घिसिङ र रवि लामिछानेमाथि आवश्यकता भन्दा बढी दुःख दिएकोमा जनताको नजरमा अलोकप्रिय बन्दै गएको र वीरगञ्जको सुख्खा बन्दरगाह भारतीयलाई जिम्मा दिएको समाचारले पनि जनतामा आक्रोश थपिएको छ । पूर्व प्रम झलनाथ खनालले यो व्यवस्थाले गरेको लूटका कर्तुतहरू यतिबेलै सार्वजनिक भएका छन् । यसैवीच गणतन्त्रवादीवीच नै तनाव छ, प्रचण्डले प्रम ओलीलाई गणतन्त्रवादी नै होइनन् भनेका छन् । ओली पनि के कम ? प्रचण्डमाथि विष बमन गरिरहेकै छन् । समाजवादी मोर्चाका नेता माधव नेपालले आफ्नो कार्यालयमा सरकारी भिजिलान्तेले आगो लगाएको आरोप लगाएको आरोप पनि आश्चर्यजनक छ । राजतन्त्रवादी एक हुँदैछन्, जनताको आक्रोश बढेको छ, गणतन्त्रवादीवीच तिक्कता उर्लेको छ । यस्तो व्यवस्था कति दिन चल्नसक्छ ? त्यसै पनि भ्रष्टाचारमा उभिएको पद्धति बालुवाको महलजस्तो न हो ।  हरेक क्षेत्र, तह र तप्काले जनतालाई नै आक्रोसित पार्ने काम गरिरहेका छन् । यसकारण पनि यो गणतन्त्रलाई गणतन्त्रवादीले नै आगो लगाइरहेको देखिन्छ । प्रश्न के पनि छ भने विदेशीका मालिकको इसारामा यिनीहरू त्यतै लागेका त होइनन् ?
नेपालमा राजतन्त्र किनारा लगाउँदा पनि विदेशीकै इसारा थियो, आज राजतन्त्र माग गर्नेहरूमाथि दमन चक्र चलाउँदा आलोचित भएपछि तिनै विदेशीको सहायता खोज्न थालेका छन् । जति पनि गणतन्त्रवादी ठूला नेता छन्, तिनलाई भारतले उभ्याएका अनेक प्रमाणित प्रसङ्गहरू सार्वजनिक भइसकेका छन् । यिनले जतिसुकै देशभक्तीको नाटक गरे पनि यिनले गरेका देशविरोधी घात र भ्रष्टाचारका काण्डले यिनको झुकेको शीर उठ्ने कुनै सम्भाबना देखिदैन । तथापि थाइलेण्डमा भारतका प्रम नरेन्द्र मोदीसँग भेटवार्ता भएपछि सम्बन्धमा जमेको बरफ अर्थात आइस ब्रेक भएको भनेपनि मोदीले नेपालमा जनप्रदर्शनलगायतका घटनामा चासो राखेकोबारेमा ओलीले के जवाफ दिएछन् र मोदीले के कस्तो प्रतिकृया जनाए भन्ने विषयले निकै ठूलो अर्थ राख्ने देखिन्छ । यथार्थ के हो भने भारतले यिनै भ्रष्टहरूलाई साथ दिइरहने हो भने सम्बन्ध अझ बढी चिस्सिन सक्नेछ । स्वयम् ओलीले भनिसकेका छन्, सगरमाथा संवादको निम्तो दिंदा मोदीले आफू युरोप भ्रमणमा जाने बताएका छन् भने ओलीले नेपाल भ्रमणको निम्तो दिंदासमेत मोदीले ओलीलाई भारत भ्रमणको निम्तो नदिनुले पनि वान टु वान गरेको वार्ता अन्तरनिहित विषयबस्तुवारे अनुमान लगाउन सकिन्छ । नेपालमा शिक्षक र सहकारी, मिटरव्याज पीडित पनि सडकमै छन् । समष्टिमा भ्रष्ट शासन असफल भइसक्यो, परिवर्तन अवश्यंमभावी छ । नेपालको शासनविरूद्ध भारत पनि सहमत देखिन्छ ।