
२०६३ साल वैशाख ११ गतेका साक्षी हुन् करण सिंह । भारतमा कांग्रेस आईको सरकार थियो र नेपालमा आन्दोलन चर्किरहँदा भारतले पठाएका साक्षी थिए करण सिंह । उनैले राजा र ७ दलवीच ५ सूत्रीय सहमति गराएका थिए । त्यसपछि राजाले मरेको संसद ब्यूँताईदिए, त्यतिबेला प्रधानमन्त्री बने गिरिजाप्रसाद कोइराला । राजासँगै उनले सपथग्रहण गरेका थिए । त्यसपछि आफै राष्ट्राध्यक्षको अधिकारसमेत लिएर चिनियाँ राजदूतको ओहदाको प्रमाणपत्रसमेत बुझेका थिए । २०६३ साल वैशाख ११ गते भएको त्यो दल र राजावीचको सहमति के थियो ? राजाले समेत सहमति तोडेको आरोप लगाइसकेका छन् भने दलहरूले फेरि राजा बन्न खोजेको भनेर २०८१ चैत १५ गतेको घटनाकोदोष राजामाथि खन्याइरहेका छन् । राजाले राष्ट्रको अस्तित्व बचाउन सहमति र सहकार्यको खोज गर्दा गणतन्त्रवादी नेताहरूले आफ्नो १७ वर्षको भ्रष्टाचार, अनीति र अकर्मण्यताको दोष राजाको टाउकोमा खन्याउनु अति हो भन्ने धारणा आमनागरिकको रहेको छ । यसकारण पनि सडकमा आमनागरिक विद्रोह बोलिरहेको देखिन्छ ।
२०६३ साल वैशाख ११ गतेको सम्झौतामा कुनै न कुनै प्रकारको राजसंस्था राख्ने भन्ने सहमति अझै रहस्यमय नै छ । यो सहमतिको साक्षी भारतीय दूत काश्मिरका राजा हरि सिंहका छोरा करण सिंह आफूलाई बेदान्ताचार्य भन्छन् । अब त भारतले राजा र दलवीचको सहमतिका बुँदाहरू सार्वजनिक गरिदिए हुँदैन र ?