
मधेस केन्द्रित सात दल जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा मिलेर मधेसी मोर्चा गठन गरेका छन् । यो मोर्चाले संविधान संशोधनमा आफ्नो एजेण्डा राख्न र मधेशमा एकतावद्ध भएर आफ्नो राजनीतिक अस्तित्व जोगाउन पनि यो मोर्चा गठन गरेको सहजै बुझ्न सकिन्छ ।
विश्लोष्कहरूले नयाँ ब्राण्डको मोर्चा गठन भएको भनेका छन्, मधेसी मोर्चा । संघीय लोकतान्त्रिक मोर्चा, समाजवादी मोर्चा, वैज्ञानिक समाजवाद जस्ता अनेक मोर्चा छन् । मोर्चा बन्नु र आन्तरिक रूपमा बिबादमा मुछिनेक्रम पनि जारी छ ।
माओवादी, जसपा, नेकपा स, विप्लव मिलेको समाजवादी मोर्चा छ भने ओलीले गर्दा एमाले फुटेर माधव नेपालको नेतृत्वको वैज्ञानिक समाजवाद पनि छ । संसदमा माओवादीको ३२, जसपाको १२ र समाजवादीको १० गरेर ५४ सांसद छन् । मधेसी मोर्चा सत्ता कि प्रतिपक्षीतिर छन्, स्पष्ट भन्न सकिने अवस्था छैन ।