Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

हिन्दुराष्ट्र र राजतन्त्रबारे वार्ता

२५ मंगलबार , चैत्र २०८१२३ दिन अगाडि

हिन्दुराष्ट्र र राजतन्त्रबारे वार्ता

नेपाल र भारतका प्रधानमन्त्रीद्वय केपी ओली र नरेन्द्र मोदीवीच थाइलेण्डमा वान टु वान वार्ता भयो । यसकारण यो वार्ता चर्को उत्सुकतामा छ । वान टु वान वार्ता किन ? बिरलै मोदीले गर्ने यस्तो वार्ता साह्रै गम्भीर विषयमा हुनेगरेको देखिन्छ । नेपालका सन्दर्भमा पनि मोदीले आन्दोलनका विषयमा चासो राखेकोसम्मका कुरा चुहिएका छन् । वार्ता आत्मीय र सौहार्दपूर्ण भएको दुबै प्रमले ट्वीट गरेका छन्, कति सार्थक त्यसको परीक्षण सुरू भइसकेको छ ।
नेपाली भाषामै मोदीले ट्वीट गर्नुलाई पनि अर्थपूर्ण मानिएको छ । यो वार्ता सम्बन्धलाई प्राथमिकता हो कि थप नेपाल भारतवीचका उर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि, अन्य समस्या र नेपालमा भइरहेको अराजकताका विषयमा पनि हो ? हिन्दुत्वका लागि मात्र हो कि नेपाली जनताले गरेको आन्दोलनका लागि पनि चासो रह्यो ? बिस्तारै प्रष्ट हुनेछ ।
फर्केपछि प्रम ओलीले एयरपोर्टदेखि नै प्रसन्नता व्यक्त गरेका छन् । तर भेटवार्तामा मोदीको अनुहारमा चमक नदेखिनुले संशय उत्पन्न गरेको छ ।
नरेन्द्र मोदीसँगको लामो प्रतिक्षा र हार गुहारपछिको वान टु वान वार्तालाई एमालेले ठूलो सफलता भनेको छ । ‘अस्थिर र विचलित नहुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो, नेपाल र भारतका प्रधानमन्त्री बीचको सम्वाद र सम्वाद पछिको दुवै देशका प्रधानमन्त्रीहरूको सकारात्मक र उत्साहप्रद प्रतिक्रिया ।’
प्रम ओलीले सगरमाथा संवादमा निम्त्याउँदा मोदी नेपाल आउन नसक्ने बताउनु र ओलीलाई यही अप्रिल महिनामै भारत भ्रमण हुने भारतीय निम्तोको पनि प्रष्टता हुनसकेको छैन । प्रम ओलीले भनेका छन्– ‘यसपल्ट सगरमाथा सम्वादमा मोदीजी आउन भ्याउनु हुन्न, उहाँको पहिले नै त्यसैबेला यूरोप जाने कार्यक्रम तय भइसकेको रहेछ ।’ 
सगरमाथा सम्वादमा मोदी नेपाल भ्रमण गराउन प्रम र परराष्ट्रमन्त्री असफल भएका छन् । परराष्ट्रमन्त्री आरजुले मोदीको भेट पाएकी छिन् ।
विशेष कारण परेका बेलामा मात्र वान टु वान भेट गर्ने मोदीले ओलीलाई भेट दिनुको अन्तर्यका बारेमा अनेक चर्चा चलिरहेको छ । यो भेट कति महत्वको हो ? परिणामले देखाउने जानकारहरू बताउँछन् ।
कूटनीतिज्ञका अनुसार भेटका चार कारण हुनसक्छन् । मोदी र ओलीको भ्रमणको आदानप्रदान होला कि नहोला ? यसबाट सम्बन्ध सुध्रिएको देखिनेछ ।
दोस्रो कारण नेपालमा रोकिएका भारतीय आयोजना र एजेण्डाहरू लगायत इपीजी रिपोर्ट भारतले बुझ्ला कि नबुझ्ला ? भन्ने पनि प्रश्न छ ।
तेस्रो भनेको  सीमा विवादको अन्त्य के कसरी हुनेछ ? सीमासम्बन्धी वार्ता ठप्प छ र दुबै मुलुकले भूगोलका बारेमा बिबाद गरिरहेका छन् । नेपालले आफ्नो पक्ष प्रष्ट पार्नैपर्ने र लिम्पियाधुरा, कालापानी लगायतका सीमा प्रष्ट पार्नुपर्ने छ ।
चौथो भनेको भारतले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋण र चीनले बनाएकै कारण रूट दिएको छैन । त्यसबारेमा पनि प्रष्टता आउनुपर्छ ।
योभन्दा पनि महत्वपूर्ण कुरा भारतीय प्रम नरेन्द्र मोदीले नेपालमा भइरहेको जनप्रदर्शनबारे चासो राखेको भन्ने छ । नेपालमा राजतन्त्र र हिन्दुराष्ट्रको माग बढिरहेको स्थितिमा भारत पनि नेपाललाई हिन्दुराष्ट्र बनाउन उद्दत छ भन्ने अनेक घटनाक्रम छ । के मोदीले नेपालमा राजतन्त्रका बारेमा पनि चर्चा गरे होलान् त ? त्यसो त ४५ मिनेट भएको वान टु वान वार्तामा कोही थिएनन् । यसकारण पनि यो समय नेपाल भारत सम्बन्धमा मात्र केन्द्रित थिएन । नेपालमा बढ्दो चिनियाँ प्रभाव र लगानी, भारतको सुरक्षा, नेपाली राजनीति र भारतीय प्रभाव अनेक एजेण्डाहरूमा छलफल भएका छन् भन्न सकिन्छ । दुई राष्ट्रका सरकार प्रमुख पक्कै पनि मुख हेराहेर गरेर बसेनन् भने मुद्दामा छलफल भएकै छन् ।
नेपाल भारतवीच लामो समयदेखि नियमित सम्पर्क छैन, नियमित कार्यहरू भए पनि असजिलोपन छ । संविधान जारी हुँद भारतको असन्तुष्टिको तुष बाँकी नै छ । नेपालमा संविधान संशोधनका मुद्दा उठेका छन् । यसमा पनि भारतको कुरा बुझ्ने प्रयास भयो होला । नेपालले खोज्ने स्थिरता र विकास हो, त्यसका लागि १८८० किलोमिटर खुला सीमा भएको भारतको ठूलो भूमिका छ । यसकारण पनि यो भेटवार्ताको महत्व नेपालका सनदर्भमा बढी छ ।
मुख्य भारतको चासो राजावादी–हिन्दूवादी आन्दोलन नै हो । प्रम ओली अथवा भारतीय पक्षले खुलासा नगरे पनि केही भारतका गोदी मिडिया भनिनेहरूले यो विषय वार्तामा प्रवेश भएको लेखेका छन् । त्यसै पनि मोदी र भाजपा हिन्दू राजनीतिका प्रणेता हुन् । नेपालको आन्दोलनका विषयमा मोदी मौन बसे भन्न सकिने अवस्था छैन ।
फागुन २५ गते राजाको स्वागतमा देखिएको जनलहरमा भारतीय नेता योगीको फोटो प्रदर्शन गरियो । यसपछि चैत १५ गते अथाह जनलहरले राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दा राज्य दमन भयो, २ जनाको हत्या भयो भने धेरैजना घाइते भए । सांसदसहित २ नेतामाथि थुनेर अनुसन्धान भइरहेछ ।
विश्लेषकहरूले बिस्तारै भेटका विषयमा प्रष्टता आउँदैजाला भन्दै यो भेटवार्तामा मोदी र ओलीवीच धेरै समय नेपालमा चका विषयमा छलफल भएको भन्छन् । मोदीले के सुझाव दिए, ओलीले कसरी ग्रहण गरे, बिस्तारै देखिएला ?