
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै आज प्रदर्शन गर्दैछ । राप्रपाले काठमाडौंको बल्खुमा सभा आयोजना गर्न लागेको हाे ।
सभाका लागि देशका विभिन्न भागबाट सहभागीहरू काठमाडौं आउने तयारी भैरहेकाे छ भने उपत्यकाभित्र पनि विभिन्न ठाउँबाट जुलुस निकालिँदै छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले सम्वाेधन गर्ने तयारी रहेकाे कार्यक्रम साढे ११ बजेपछि सुरू हुने बताइएकाे छ ।
राप्रपाकाे कार्यसम्पादन समितिको बैठक बसेर प्रदर्शनलाई सफल बनाउन रणनीति तय गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।
यता सरकारले पनि प्रदर्शनलाई लिएर उच्च सतर्कता अपनाएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेतको संयुक्त सुरक्षामा करिब २,००० सुरक्षाकर्मी खटाइने र निगरानीका लागि ड्रोन, बडी क्यामेरा र सीसीटीभी प्रयोग गरिने बताइएकाे छ ।