Advertisement Banner
Advertisement Banner

२२ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राप्रपाकाे प्रदर्शन बिजुलीबजारमा

०७ आइतबार , बैशाख २०८२एक बर्ष अगाडि

राप्रपाकाे प्रदर्शन बिजुलीबजारमा

आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्दैछ । राप्रपाले गत चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइकाे माग गर्दै आन्दोलन गर्दै आइरहेकाे र आज पनि त्यसैकाे निरन्तरता प्रदर्शन गर्न लागेकाे हाे ।

चैत्र १५ गते तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालगायत पक्राउ परेका थिए । आज दिउँसो १२ बजेदेखि प्रदर्शन सुरु हुने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

आजकाे प्रदर्शनमा निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्ने राप्रपाकाे तयारी रहेकाे छ । यसअघि राप्रपाले चैत्र २६ गते बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ गर्नुपर्ने नभए आन्दोलन चर्काउने चेतावनी दिएकाे थियाे।

यता राप्रपाले निषेधित क्षेत्र तोड्ने कार्यक्रम आयाेजना गर्ने तयारी गरेपछि गृह मन्त्रालयले हिजै एक विज्ञप्ति जारी गरेर निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले विज्ञप्ति मार्फत संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गर्दै त्यस्ताे गतिविधिमा संलग्न जोसुकैलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।