Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

Image

भारतले लिएको छिमेकनीति र सम्भाबनाहरू

डा.केशव देवकोटा

१६ मंगलबार , बैशाख २०८२२ दिन अगाडि

भारतले लिएको छिमेकनीति र सम्भाबनाहरू

नेपाल र यसको सेरोफेरोमा पछिल्ला दिनहरुमा जेजस्ता गतिबिधिहरु भैरहेका छन्, त्यसले राम्रो संकेत गरेका छ्रैनन् र भारतको जम्मु कश्मीरको पहलगाममा गतसाता भएको आतंकवादी हमलाका कारण नेपालसमेत प्रभावित हुने संकेतहरु देखिएका छन् र नेपालमा पाकिस्तानीहरुको प्रबेशको बहाना बनाएर भारतले सुरक्षा दबावहरु बढाउँदै लगेको देखिएको छ र त्यसअघि गतसाता मंगलबार र बुधबार भारतका बिद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टरले नेपालको दुई दिने भ्रमण गर्नुभएको थियो र उहाँ नेपालका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका काठमाडौं आउनु भएको भएपनि घटनाक्रम र यसअघि ब्यक्त कतिपय भनाई र सूचनाहरुले उहाँलाई भारतीय दूतकैरुपमा रहेको ठानिएको थियो र गत माघ ३० गते नेपालका मन्त्रि खड्काले दिल्लीमा कतिपय संझौतामा हस्ताक्षर गरेपछि खट्टरलाई नेपाल भ्रमणको निम्ता गर्नुभएको थियोभने खट्टरको भ्रमणपछि प्रधानमन्त्रि केपी ओलीको भारत भ्रमण सुनिश्चित हुने भनिएको थियो र त्यसपछि नेपालमा भारतीय अधिकारीहरुको चलखेल बढेको र यहाँ बिभिन्न बहानामा दबावमूलक आन्दोलनहरु थालिएका थिए र खट्टरसँग गतसाता भएका वार्ता र संझौतापछि नेपालको जलश्रोतमा भारतीय एकाधिकार बलियो भएको देखिएको छ र खट्टर नेपाल आउने पूर्बसन्ध्यामा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डको बैंकक पुग्नुभएको थियो र जहाँ केही भारतीय र अमेरिकी प्रतिनिधिहरुसँग छलफल भएको बताइए पनि त्यहाँ भएको भनिएको वार्ताको खास बिषयबस्तु हालसम्म खुलेन र बरु उहाँले गत शुक्रबार नेपाल फर्किएपछि बर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने दाबि गर्नुभएको थियो र त्यसैले बैंककमा सोही आधारमा वार्ता भएको सहजै बुझ्न सकिन्छ त्यसैगरी गत छगते शनिबार प्रधानमन्त्रि निवास बालुवाटारमा प्रमुख तीन दलका तीजना नेताहरुको गोप्य बैठक भएको थियो र बैठकमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रि केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो र बैठकमा संक्रमणकालीन न्यायलगायत विषयमा छलफल भएको बाहिर प्रचार गरिएपनि समसामयिक राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिकाबारेमा छलफल भएको बताइएको छ र जसमा तीन दलका बीचमा कुरा नमिलेको देखिएको थियो र 
त्यसैगरी सोही समयमा नेपालका राजावादीहरुले पनि आगामी जेठ १५ गते नेपालमा गणतन्त्र समाप्त भएर राजतन्त्र पुनस्र्थापना हुने भबिश्यबाणि सार्बजनिक गरेका थिए र खट्टरको नेपाल भ्रमणको अघिल्लो दिन गतसाता सोमबार भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै अन्तरंग भेटवार्ता गर्नुभएको थियो र दिल्लीको लोककल्याण मार्गस्थित मोदीको सरकारी निवासमा भएको भेटमा दुई देशबीच आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्धलगायतका बिभिन्न विषयमा छलफल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका थिए र यसरी इन्डो पश्चिमा शक्तिको नयाँ गठबन्धन र नयाँ नीति तयार भएलगत्तै भारतीय मन्त्रि खट्टरको नेपाल भ्रमण भएको देखिएको थियो र जसलेगर्दा आगामी साताहरुमा नेपालको राजनीतिमासमेत केही फेरबदलहरु आउनसक्ने आंकलनहरु पनि भैरहेका छन् र गतसाता १० गते भारतीय मन्त्रि खट्टर स्वदेश फर्किएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ११ गते (अप्रिल २४) मा बिहारको मधुवनीको भ्रमण गर्नुभएको थियो र सो भ्रमण नेपालको पूर्बी तराई र सुरक्षाकाबारेमा केन्द्रित रहेको बताइन्छ र त्यसअघि भारतको जयनगरमा दुई देशका सुरक्षा अधिकारीहरुको बैठक भएको थियो र सो छलफलमा नेपालकातर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरीका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारतकातर्फबाट मधुवनी जिल्लाका सुरक्षा अधिकारीहरुलाई बोलाइएको थियो र भारतीय मन्त्रि खट्टरले गतसाता मंगलबार भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०÷१३३÷३३ केभी तुम्लिङटार सबस्टेसन, २२०÷३३ केभी बानेश्वर सबस्टेसन र २२०÷१३३÷३३ केभी बसन्तपुर सबस्टेसनको संयुक्तरुपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनबाट उद्घाटन गर्नुभएको थियो र उहाँले सोही दिन भारतीय लगानीमा निर्माणाधीन अरुण तेश्रो जलबिद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन पनि गर्नुभएको थियो र त्यसैगरी दुई देशले संयुक्तरुपमा निर्माणगर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो र मन्त्रीद्वयको उपस्थितिमा नेपाल बिद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 
त्यसपछि खट्टरले मुस्ताङको मुक्तिनाथ लगायतका क्षेत्रको अवलोकन भ्रमण गरेको र प्रधानमन्त्री केपी ओली तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह लगायतसँग छलफल गरेको देखिएको थियो र कोशी करिडोर अन्तर्गत बानेश्वर वसन्तपुर ३३ किलोमिटर प्रशारण लाइन, वसन्तपुर–ढुंगेसाँघु ३४ किलोमिटर र वसन्तपुरदेखि इनरुवासम्म ७४ किलोमिटर प्रशारणलाइन रहेका छन् र सन् २०१६ बाट शुरुभएको उक्त आयोजनामा भारत सरकारको ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण र नेपाल सरकारको २२ मिलियन अमेरिकी डलरगरी ११२ मिलियन अमेरिकी डलर लगानीमा निर्माण भएको बताइन्छ र उक्त आयोजनाको क्षमता कोशी करिडोर प्रसारण लाइनमार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एकहजार मेगावाट र बसन्तपुरदेखि इनरुवा खण्डमा करिब दुईहजार मेगावाट बिद्युत प्रवाहगर्न सक्ने रहेको छ र अरुण र तमोर नदी तथा तिनका सहायक नदीहरुमा निर्माणाधीन जलबिद्युत आयोजनाहरुबाट उत्पादित बिद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न कोशी करिडोरको विकास गरिएको बताइन्छ र सो आयोजनाले भारतसँगको ऊर्जा व्यापार विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने सरकारी अधिकारीहरुको भनाई छ र भारतीय कम्पनी सतलज जलबिद्युत निगम (एसजेवीएन) को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) ले आयोजना निर्माण गरिरहेको छ र एसजेवीएनले संखुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेश्रोको काम गरिरहेको पाइएको छ र अरुण तेश्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगिसकेको बताइन्छ र त्यसैगरी एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलबिद्युत आयोजना निर्माण गरिरहेको पाइएको छ र खट्टरको सो भ्रमणकाक्रममा दुई देशले संयुक्तरुपमा निर्माणगर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर भएपछि निर्माणको प्रक्रिया अगाडि बढ्ने भएको छ र खट्टरले मन्त्री खड्कासँग अन्य जलबिद्युत आयोजनामा भारतीय लगानीकासाथै नयाँ आयोजनाका विषयमा छलफल गरेका समाचारहरु पनि बाहिर आएका थिए र गत माघ ३० मा भारत भ्रमणकाक्रममा नेपालका जलश्रोतमन्त्री खड्काले बिभिन्न प्रारम्भिक संझौताहरुमा दिल्लीमा हस्ताक्षर गर्नुकासाथै भारतका बिद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो र बुझ्नुपर्ने कुरा के पनि छभने पछिल्ला दिनमा चीनसँगको नेपालको बढ्दो सम्बन्ध, नेपालमा भइरहेको राजावादीको आन्दोलन र यदि नेपालमा राजा फर्किएको खण्डमा त्यसबाट भारतलाईपर्ने प्रभाव लगायतका बारेमा बिभिन्न किसिमका बहस र छलफलहरु पनि चलाईएका छन् र उक्त बहसमा कतिपयले नेपालको खराब अर्थव्यवस्था र शासन व्यवस्थालाई राजतन्त्र पुनस्र्थापनाको मागको प्रस्थानविन्दु बताएको पाइएको छ र नेपालमा बिद्यमान राजनीतिक व्यवस्थाप्रति आम मानिसमा गहिरो निराशा रहेको, भ्रष्टाचार व्याप्त रहेको र आर्थिक व्यवस्थासमेत नाजुक बन्दैगएको मूल्यांकन गरिएको छ र यसै मेसोमा एकातिर बिभिन्न समूहका ब्यक्ति÷ब्यक्तित्वहरु भारतको उत्तर प्रदेशका मुख्यमन्त्रि आदित्यनाथलाई भेट्न लखनउ जानेक्रम जारी छ र 
नेपालमा राजनीतिक संकट बढिरहेकै बेला भारतका लागि नेपालका राजदूत शंकर शर्मालेसमेत लखनउ पुगेर आदित्यनाथसँग छलफल गर्नुभएको थियो र जहाँ नेपालको राजनीति र आर्थिक तथा सामाजिक अवस्था लगायतका बारेमा बिस्तृत छलफल भएको भनिएको थियो र त्यसैगरी भारतीय मन्त्रि खट्टरको भ्रमणपछि पनि राजदूत शर्माले भारतीय विदेशमन्त्रि एस. जयशंकरसँग छलफल गर्नुभएको पाइएको छ र खासगरी भारतीय पक्षले आफ्ना प्रतिनिधि करण सिंहको रोहबरमा ०६३ बैशाख १० गते तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादीलगायतका आठदलकाबीचमा भएको पाँचबुँदे सहमतिको पालना नभएको बिषयमा प्रश्न उठाउँदै आएको देखिएको छ र भनिन्छ भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति जेडी भेन्स नेपाललाई फेरी हिन्दू राष्ट्र बनाउने पक्षमा रहनुभएको छ र अमेरिकी उपराष्ट्रपति चारदिने भारत भ्रमणका लागि गत साता सोमबार नयाँदिल्ली आइपुग्नु भएको थियो र हालैमा दिनमा वाशिंटन र बेइजिङबीच व्यापार युद्धका कारण तनाव बढिरहेका बेला भेन्सले भारतको औपचारिक भ्रमणगर्नु अर्थपूर्ण देखिएको छ र यसअघि अमेरिकी राष्ट्रिय गुप्तचरकी निर्देशक तुलसी गबार्ड भूराजनीतिक सम्मेलनका लागि भारत आउनुहुँदा पनि यस क्षेत्रको राजनीतिलगायतका बिषयमा छलफल भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका थिए र कश्मिर घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया पनि बिवादास्पद रहेको पाइएको छ र यसरी पछिल्ला दिनमा नेपाल इन्डो पश्चिमा शक्तिको चर्को दबावमा परेको देखिएको छ र जुन देशभक्त नेपालीहरुका लागि बिचारणिय कुरा भएको छ ।