Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

Image

आन्दोलनको भविष्य कतातिर ?

शाश्वत शर्मा

१६ मंगलबार , बैशाख २०८२२ दिन अगाडि

आन्दोलनको भविष्य कतातिर ?

वैशाख १५ गतेदेखि भृकुटीमण्डपमा फेरि राजसंस्थावादीहरु जुट्दैछन् र राजसंस्थाको पुनःस्थापना, सनातन हिन्दुराष्ट्र, संघीयताको खारेजी, आस्थाका बन्दीहरुको बिनासर्त रिहाई आदि मागहरु लिएर आन्दोलन जगाउन थालिएको हो र आन्दोलनकारहिरु निकै नै हौसिएका छन् र उता देउवा र प्रम ओलीले राजाको बिरोध गरेका छन् भने माओवादी अध्यक्ष प्रचण्डले राजावादीहरुको होहल्ला असफल भएको र गणतन्त्र सफल भएको बतँएका छन् र सडकमा पेशागत संघसंस्थाहरुको सरकारविरोधी आन्दोलनले गणतन्त्रवादीहरु ब्याकफुटमा पुगेका छन् भने एकलाख युवाशक्ति देखाउने सत्ताधारी एमालेको वैशाख ११ को युथ सेलेब्रेसनमा न्यून उपस्थितिले पनि त्यो प्रष्ट छ र सत्ताधारीकै त्यो असफलता देखियो भने अन्य गणतन्त्रवादीको के हालत होला ? यसबाट पनि थाहा हुन्छ, नेपाली जनमानस र पार्टीगत युवामा समेत गणतन्त्र तिरस्कारमा परेको छ र यति हुँदा पनि राजतन्त्र र हिन्दुवादी आन्दोलन किन उचाइमा पुग्न सकेन ? मूल प्रश्न यही हो र यसमा मपाईवादले राजतन्त्रवादीहरुलाई कमजोर पारेको छ र हरेक राजावादी नेताहरुलाई आफै ठूलो हुनुपर्ने दीर्घरोगले गर्दा १७ वर्षदेखि ग्रस्त छ, अहिले पनि त्यो रोगले राजतन्त्रवादी अगुवालाई छोडेको देखिदैन र त्यसमाथि गणतन्त्रवादीले घूसपैठ गरेर राजावादीहरुलाई बिभाजित पार्ने गरेको छ ।
राप्रपा र रास्वपालाई टुक्राउने प्रयत्न भइरहेको प्रष्ट देखिन्छ र दुर्गा प्रसाईलाई राजतन्त्रवादीले नै खोजखबर नगर्नुले पनि राजतन्त्रवाद कमजोर हुनपुगेको छ र एकता हुनुपर्ने र एकतावद्ध आवाज उठाएर गणतन्त्रलाई धक्का दिनुपर्नेहरुलाई विभाजित गर र राज गर भन्ने अंग्रेजको नीति लिनाले गणतन्त्रवादीहरु जनताको विश्वास गुमाए तापनि सत्ता र शक्तिमा छन् र राज्य क्रुरताको नीति लिएर अगाडि बढेको छ र सडकमा ४ हप्तादेखि आन्दोलन गरिरहेका शिक्षकमाथि समेत राज्यले लाठी, पानी बर्साएर दमन गर्न थालेको छ र यसबाट थाहा हुन्छ, जब्बर बनेर रहेको गणतन्त्रवादीको भ्रष्टाचारी चरित्रलाई परास्त गर्न मुस्किल हुँदैछ र आन्दोलनकारीहरुले चैत १५ गतेको राज्य दमन र २ जनाको हत्या भएको प्रकरणमा न्यायिक छानबिन आयोग गठन गराउन समेत सकेनन् र राज्यले पेलेरै अगाडि बढ्यो र राजतन्त्रवादीको आन्दोलन लहै लहैमा गरेको आन्दोलनजस्तो देखियो र सरकार ढल्ने कि नढल्ने भन्ने प्रश्न प्रश्न नै छ, देउवा र ओलीवीचको लेनदेनमा सिमित हुनपुगेको छ र के मिल्यो कुन्नी, देउवाले सरकार ढल्दैन भनिदिएका छन् ।
सरकार ढाल्न तुरुपको एक्का छ भन्ने प्रचण्ड कांग्रेसको अभिव्यक्तिपछि लत्रक्क परेका छन् र अहिलेसम्म कांग्रेस राजतन्त्रवादीविरुद्ध सडकमा उत्रिएको छैन र अब थाइलेण्डमा पाकेको खिचडीका कारण उत्रिन सक्नेछ र राजसंस्थावादी र  राजालाई नेपालको भूराजनीतिले साथ दिएको देखिएन र शान्तिपूर्ण आन्दोलन गरिरहदा पनि राज्यपक्षले गरेको ज्यादतिका कविरुद्ध कुनै मित्रराष्ट्र, मानवाधिकारवादी संघसंस्थाले मुख खोलेनन् र बल्लबल्ल आन्दोलनका नेता नवराज सुवेदीले नजरबन्दबाट मुक्ति पाएपछि अन्तर्राष्ट्रिय मानवाधिकारसँग सरोकार राख्ने संस्थालाई छानबिन हुनुपर्ने उजुरी दिन भ्याएका छन् र यसबाट बुझ्न सकिन्छ, आन्दोलनकारीहरु दयनीय अवस्थामा छन् र जनताको साथ छ, आवाज छ तर राजसंस्थावादीहरु विभाजित भइदिंदा गणतन्त्रवादीहरुको अकण्टक भ्रष्टाचारको खेती चलिरहेकै छ र के प्रचण्डले भनेझैं राजतन्त्रवादीहरु असफल नै भएका हुन् त ?
सडकमा राजसंस्थावादी, पार्टीहरु छन् र शिक्षक, डाक्टर, लघुबित्त, सहकारी, मिटरब्याजपीडितहरु सडकमै छन् र निजामती कर्मचारीदेखि कुलमान घिसिङका समर्थक पनि सडकमै छन् र यसरी सडक आन्दोलित हुँदा पनि गणतन्त्र त के भ्रष्टाचारी नेता, प्रशासकलाई हल्लाउन पनि सकेको छैन र आधा समय ओलीले र त्यसपछि देउवालाई सत्ता सुम्पिन्छु भनेर पटक पटक प्रम ओलीले दोहो¥याइरहेका छन् र यसबाट पनि थाहा हुन्छ, राजनीति स्वार्थ र लोभमा चलेको छ र यिनलाई जनता र देशको होइन, बाह्यसमर्थन र आफ्नो स्वार्थको चिन्ता छ र कांग्रेसका गगन थापा परिआए सत्ताबाट कांग्रेस बाहिरिन्छ भन्दै थिए, सभापति देउवाले सरकार ढल्दैन भनेपछि चूप लाग्न बाध्य भएका छन् र भाँडतन्त्र झन जब्बर भएजस्तो छ र अब बुद्धि फिर्नैपर्ने हो राजसंस्था र हिन्दुवादीहरुको र जबसम्म यिनीहरुको ६ दर्जनभन्दा बढी संस्थाहरु एक हुँदैनन्, भ्रष्टाचारी गणतन्त्र ढल्दैन र चेत खुलोस् ।