
हरेक ठूला दलमा आवद्ध शिक्षकले पेशागत हक र हित माग्दा गणतान्त्रिक सरकारले लाठी बजा¥यो, दमन ग¥यो र चारहप्तासम्म शिक्षकको माग सुन्नै चाहेन र शिक्षकलाई सडकमा तमासा देखाउने, नाच्ने भनेर अपमान ग¥यो र ०७३, ०७५, ०७८ मा यिनै ठूला दलले शिक्षकका माग पूरा गर्न प्रतिवद्धता जनाएका थिए, सहमति गरेका थिए, ०८२ मा आएर शिक्षक आवद्ध दलहरुले नै शिक्षकलाई सडक आन्दोलन गर्न बाध्य पारे र आन्दोलन तुहाउन घूसपैठ गरेर जीवनमरणको दोसाँधमा पु¥यायो ।
वैशाख १४ गतेको शिक्षक आन्दोलनमा निषेधित क्षेत्र तोड्न खोजेको भनेर राज्यले पानीको फोहोरा र लाठी बर्साउँदा ५ दर्जन शिक्षक घाइते भए, महिला पत्रकार सबिना कार्कीको आँखा फुटाइयो र उनको तीलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ भने घाइते शिक्षकहरुको सिभिल र अन्य अस्पतालमा ।
नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलनमा सरकार पक्षबाटै घुसपैठ भएको आरोप लगाएको छ भने घुसपैठकै कारण झडप भएको बताएको छ ।
शिक्षकहरुमाथि पानीको फोहरा हानिएको, लाठीचार्ज गरिएकोमा शिक्षकहरुले आपत्ति जनाएका छन् र शिक्षकहरुले चारहप्ता लामो सडक आन्दोलन गर्दा शान्तिपूर्ण नै गरिरहेका थिए तर वैशाख १४ गते गृहको आदेशमा दमन भएपछि शिक्षकहरुले गृहमन्त्रीको राजीनामा मागेका छन्, प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को नाराबाजी पनि गरे र महासंघका महासचिव तुलाबहादुर थापा राज्यदमनको घोर भत्र्सना गरेका छन्, महासंघले पनि आपत्ति जनायो र शिक्षक आन्दोलनप्रति राज्य, संसद, जनप्रतिनिधि किन नकारात्मक भएकाहरु हुन्, गुढार्थ बुझ्न मुस्किल छ ।
यो सरकारलाई शिक्षकहरुले शिक्षकमारा भनेको छ र राज्यदमनपछि शिक्षक महासंघले आपातकालीन बैठक गरेर देशैभरिका शिक्षकहरुलाई राजधानी आउन आग्रह गरेको छ र अब झन चर्को आन्दोलन गर्ने घोषणा पनि गरेको छ ।
शिक्षकमाथि राज्यदमन भएकोमा माओवादी केन्द्रले मात्र होइन, बुद्धिजीवी र अन्य पार्टीहरुले पनि सरकारको नियतमाथि शंका गर्दै भत्सर्ना गरेका छन् र शिक्षकको मागप्रति तत्काल ध्यान नदिएकोमा सरकारको आलोचना गरेका छन् र शिक्षक आन्दोलनको राप र चाप संसदमा पनि प्रवेश गरिसकेको छ र शिक्षक आन्दोलन किन भयो ? संवोधन गर्न छाडेर शिक्षकमाथि प्रहरी दमन र हस्तक्षेप गरेको मूल्य सरकारले चुकाउनु पर्ने चेतावनी धेरैतिरबाट आइरहेको छ र शिक्षक आन्दोलन रोक्न असफल भएकोमा स्वास्थ्यका कारणले राजीनामा दिएकी विद्या भट्टराईभन्दा पनि नयाँ बनाइएका शिक्षामन्त्री रघु पन्त झन असक्षम सावित हुनपुगेका छन् र विद्या भट्टराई त शिक्षक थिइन्, मर्म बुझ्थिन, नयाँ शिक्षा मन्त्रीमाथि चौतर्फी दसपासे भनेर आलोचना भइरहेको छ ।
पार्टीका भातृ संगठनजस्तो भएर ०४६, ०६३ सालको परिवर्तनमा अहं भूमिका निभाएका शिक्षकहरु यी दल र दलीय नेताहरुको चरित्र, व्यवहार देखेर झस्किएका छन् र कतिपय शिक्षकहरुले त हात काटिन्छ, यिनलाई भोट दिइन्न भनेर सार्वजनिक रुपमै भन्न थालेका छन् र हुन पनि कतिपय शिक्षक शिक्षिकाहरु दुधे बालक, साना नानी च्यापेर आन्दोलनमा आएका छन् भने कतिपय खर्चबर्च ऋण काढेर आन्दोलनमा आएका थिए र शिक्षकका विविध प्रकारका समस्या छन्, समस्या कांग्रेस, एमाले, माओवादी, मधेशवादी र अन्य सबै पार्टीलाई बोध छ र तर सबै एकै ठाउँमा बसेर शिक्षकलाई विश्वस्त किन पार्दैनन् ? आश्चर्यपूर्ण छ ।
शिक्षकशक्ति यो पद्धतिविरुद्ध उभिए भने के होला ?