Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

रवि र थापा दुबैमाथि मुद्दा

१६ मंगलबार , बैशाख २०८२२ दिन अगाडि

रवि र थापा दुबैमाथि मुद्दा

सहकारीको रकम अपचलनमा चितवन, बुटवल, काठमाडौं, पर्सा, पोखराका सहकारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा अध्यक्ष रवि लामिछानेमाथि अर्को २ अर्ब ३० करोड बिगो दाबीसहितको मुद्दा पर्ने भएको छ र यतिबेला माओवादी रविकै पक्षमा उभिएको छ र अन्य पार्टीहरुले रवि लामिछानेको पक्षमा खुलेका छैनन्, सबैको भनाई छ– सहकारी पीडितले न्याय पाउनुपर्छ, सहकारी ठग जो कोही होस्, कारवाही हुनुपर्छ र तर सरकार सहकारी रकम अपचलनलाई राजनीतिक लाभले हेरिरहेको छ, पीडितहरु सडकमै असरल्ल देखिन्छन् ।
अर्को सहकारी ठगी मुद्दा सानो पाइला सहकारीको रकम अपचलनमा प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ, मुद्दा हाल्ने तैयारी चलेको छ र प्रहरीका अनुसार रवि, छविलाल जोशीसहित ३० व्यक्ति र ११  संस्थालाई प्रतिवादी बनाउन सक्नेछ र २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ रुपैयाँ २९ पैसा बिगो दाबी गरिने छ र आरोपीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अभियोग लगाउन प्रहरीको राय छ ।
सरकारी वकिलले मुद्दा दायर गर्ने भनेको छ र यतिबेला रवि लामिछाने र अर्का आरोपी छविलाल जोशी रुपन्देही जेलमा थुनामा रहेका छन् र जिल्ला अदालतबाट धरौटीमा रिहा भए पनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालतले जिल्लाको आदेश बदर गरेपछि रवि थुनामा पुगेका हुन् ।
जसरी पनि रवि लामिछानेलाई जेलमा सडाउन र ०८४ को राजनीतिक बन्देज लगाउन सके लाभ माओवादी, कांग्रेस, एमालेलाई नै हुने हो र रवि लामिछानेको मुद्दा के हुने हो, यसको निर्णय तत्काल हुने लक्ष्यण छैन ।
कांग्रेस महामन्त्री गगन थापाले दिएको चर्को भाषयाविरुद्ध अदालतमा मुद्दा परेको छ र उनीमाथि कारवाही हुन्छ कि हुन्न ? राजनीतिक बृत्तमा निकै चासोका साथ चर्चा चलेको छ ।
महामन्त्री गगन थापाले सर्वाेच्च अदालतमा विचाराधीन रहेको संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिको मुद्दामा लेनदेनको ‘डिल’ भइरहेको भनेर लोकतन्त्र दिवसको आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा उत्ताउलो तरिकाले आपत्तिजनक अभिव्यक्ति दिएपछि त्यसकाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको हो र गगन थापाले बोल्ने क्रममा संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको आरोप पनि लगाएका थिए र थापाले बोलेको भिडियो सहितको समाचार क्लिपसमेत मुद्दासँगै प्रमाणका रुपमा अदालतसमक्ष पेश गरिएको छ र यो क्लिपसमेत हेरेपछि अदालतले गगन थापा विरुद्ध मुद्दा दर्ता गरेको थियो र गगनले भाषणका क्रममा भनेका थिए– कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नमिल्ने भन्छ, कहिले भ्याइँनभ्याइँ भन्छ । कहिले भोलि हेर्ने भन्छ र त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ र एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरूको कार्यावधि सकिन लागिसक्यो । अब त्यो ठीक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाहिँ ४ वर्ष समय लाग्छ ? के हो यो चाला ? 
गगन थापाविरुद्धको अपहेलना मुद्दाको पेशी आजै छ र कदाचित हुने कारणले रोकिएन भने गगन विरुद्ध फैसला आउनसक्छ, अदालतको अपहेलना भयो भने राजनीतिमा ठूलै भुइँचालो जाने अनुमानका विषयमा हल्लीखल्ली छ ।