Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

कांग्रेसकी सहकारी ठग सांसद

१७ बुधबार , बैशाख २०८२एक दिन अगाडि

कांग्रेसकी सहकारी ठग सांसद

नेपाली कांग्रेसकी सांसद माया राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लाग्यो, पक्राउ परिन् र उनलाई अदालतले   तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ र उनको बयानले लहरो तान्दा कुन कुन पहिरो जाने हो भन्ने प्रश्न त छँदैछ, अन्य सहकारी अपचलनकर्ताहरुमाथि पनि पक्राउ र छानबिन तेज हुनसक्ने भनिदैछ ।
हुन त मुख्य आरोपी, सबैभन्दा बढी सहकारीको रकम अपचलनकर्ता जीबी राईलाई राज्य पक्राउ गर्न सकेको छैन अथवा पक्राउ गर्न चाहेको छैन र रवि लामिछानेमाथि अनेक मुद्दा लागेका छन् र धरौटीको विषयसमेत अदालतमा विचाराधीन अवस्थामा छ र यथार्थमा सहकारीको रकम अपचलनकर्ताहरुमा एमाले, कांग्रेस र माओवादीकै नेता र तिनका परिवार बढी डामिएका, आरोपित रहेका छन् र तर राजनीतिक प्रतिषोध साध्नकै लागि पनि रवि लामिछानेजस्ताको राजनीतिक जीवन नै समाप्त पारिदिने साजिस पनि देखिदैछ ।
सानादेखि ठूला सहकारीका बचतकर्ताहरु मर्कामा छन् र राज्यको कानुन कमजोर देखिन्छ, कुनै निकायले जिम्मेवारी नलिंदा भुइँमान्छे पीडित भएका छन् ।