
१९४७ मा अलग मुलुक बनेका भारत र पाकिस्तानवीच काश्मिर मुद्दाले दुश्मनी कायमै छ । वैशाख १०, अप्रिल २३ तारिकका दिन काश्मिरको पहलगाममा आतंकवादीले नेपालका युवा सुदीप न्यौपानेसहित २६ जनाको हत्या गरिदिए ।
यो आतंकवादी हमलापछि भारत र पाकिस्तानवीच सैनिक परिचालन भए, गोलाबारी भए, युद्धको माहोल बन्यो । भारतले सिन्धुनदीको पानी रोकिदियो । पाकिस्तानले मर्न मार्न तैयार छौं भनेर युद्धमैदानमा उत्रियो ।
जैश–ए–मोहम्मद, हरकत–उल–मुजाहिदिनलगायतका आतंककारी समूहले उरी र अन्य क्षेत्रमा ४० र १८ जनाको काश्मिरी क्षेत्रमा हत्या गरिदियो । १९९० मा प्लेन अपहरण गरेको थियो । पाकिस्तानले संरक्षण दिएको भारतको दावी छ । पाकिस्तान आफूलाई आतंकवाद बिरोधी मुलुक भन्छ, भारत मान्दैन । भारतले सन् २०१६ अप्रिलमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्रूमा आतंककारीको सूचीमा पाकिस्तानलाई दर्ता गर्ने प्रयास गरेको थियो । भारत असफल भयो ।
यसपल्ट पाकिस्तानले आणविक हमला गर्ने तैयारी गरिसकेको थियो, अमेरिकाले भारत र पाकिस्तानवीच सहजकर्ता बनेर युद्धविराम गराइदिएको छ ।
भारतले फ्रान्समा निर्मित राफेलजस्ता हतियार र आफैले बिकसित गरेका लडाकु विमान र मिसाइलका कारण यसपल्ट पाकिस्तानलाई समाप्त पारिदिने धम्की दिएको थियो । तर चीन र टर्कीले पठाएका सैनिक हतियार, विमानले भारतको राफेलजस्ता हतियारलाई माटोमा मिलाइदिएको छ । स्वयम् रक्षामन्त्री राजनाथ सिंहले स्वागत गरेको राफेल असफल भएपछि भारत–फ्रान्सको सम्बन्ध चिस्सिएको छ । भारत र पाकिस्तानवीच युद्ध चर्किएको भए दक्षिण एसियाबाटै विश्वयुद्ध हुनसक्ने खतरा थियो । सार्कको अध्यक्षका नाताले नेपालले कुनै भूमिका खेल्न सकेन । तर प्रम ओलीले आफैले युद्ध रोकिदिएको दावी गर्न भ्याए । भारत र पाकिस्तानवीचको द्वन्द्वको जरा समाप्त पार्न काश्मिरीको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्नुपर्छ । यसमा राष्ट्रसंघले निर्णायक भूमिका खेलेको छैन ।