Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित

०७ मंगलबार , जेठ २०८२१२ दिन अगाडि

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित

आज संसदमा हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण कार्यक्रम स्थगित हुने भएको हो ।

यसअघि आजका लागि संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री हिँजो सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जनाएका छन् ।

हिँजोबाट प्रधानमन्त्रीलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।