
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी राष्ट्र चीन भ्रमणमा जाने भएकी छन् । पूर्वराष्ट्रपति भण्डारी एक साता लामो चीन भ्रमणमा जान लागेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारी चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा जेठ १० गते चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने भएकी हुन् । भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय राजनीतिक भेटवार्ता र मानसरोवर यात्रा गर्ने उनको सचिवालयले जनाएको छ ।
एक साता लामो भ्रमणमा पूर्वराष्ट्रपति भण्डारीको उच्चस्तरीय राजनीतिक भेटघाटले दुई देशबीचको सांस्कृतिक र राजनीतिक सम्बन्धमा दुई देशको सम्बन्धबारे छलफल हुने बताइएको छ । चिनियाँ सरकार, सीपीसीको निमन्त्रणमा जान लागेकी पूर्वराष्ट्रपतिसँग उनी निकट नेताहरु भ्रमण टोलीमा रहने पनि उनको सचिवालयले जनाएको छ ।
यसअघि गत भदौमा पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने तयारी भए पनि स्थगित भएको थियो ।