Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

होचा पुड्कालाई सीपीको पीपी

२४ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

महिला तथा बालबालिका र समाजकल्याण मन्त्री सीपी मैनालीले महिला तथा बालबालिकाका पक्षमा माखो मार्न नसके पनि समाजकल्याण परिषदमा राम्रै हस्तक्षेप गरेका खबरहरु आइरहेका बेलामा अव होचा पुड्काको अधिकार दिलाउने बचन दिएका छन्। उपप्रधानमन्त्री नै लागेपछि कसो अधिकार नपाइएला भनेर होचापुड्काहरु खुशीले नाच्न उफ्रन थालेका छन्। स्मरणीय के छ भने सीपी मैनाली बचनको पक्का र गरिछाड्ने प्रकृतिका नेता भने होइनन्।

सीपी मैनालीले देशभरिमा कति छन् होचा पुड्का? यकिन तथ्यांक नभएकाले योजना बनाउन अप्ठेरो परेको दावी गरेका छन्। होचा पुड्का संघका अध्यक्ष विष्णुलाल गुरुङले मन्त्रीको कुरामा आशंका गर्दै होचा पुड्का पनि मान्छे हुन् भन्ने भावना जगाउनमात्र सके पनि ठूलो कुरा हुने बताएका छन्। हेरौं जनताको भन्दा स्वार्थको र सम्पत्तिको लागि काम गर्ने माले नेता सीपी मैनालीले होचा पुड्काका लागि केही गरिपो हाल्छन् कि?