Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लोसपाको महासचिव एवं प्रवक्तामा मिश्र

२९ बुधबार , जेठ २०८२एक बर्ष अगाडि

लोसपाको महासचिव एवं प्रवक्तामा मिश्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाको महासचिव एवं प्रवक्तामा मनिष कुमार मिश्रलाई मनोनयन गरिएको छ। पार्टीको संशोधित विधान अनुसार मिश्रलाई महासचिव एवं प्रवक्तामा मनोनित गरिएको लोसपाका अध्यक्ष महन्त ठाकुरले जानकारी दिए । 

अध्यक्ष ठाकुरले जेठ २० गतेको पत्रमा मिश्रलाई संशोधित विधानअनुसार थप जिम्मेवारी सहित महासचिव र प्रवक्ताको जिम्मेवारी दिइएको उल्लेख गरेका छन् । अध्यक्ष ठाकुरले मिश्रलाई मनोनयनको जानकारी दिँदै देश, मधेस तथा पार्टीको हितमा उनको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

मधेस राजनीतिमा लोकप्रिय युवा नेता मानिने मनिष झा लोसपामा प्रभावशाली मानिन्छन् । यस अघि लोसपाको महासचिवमा शितलप्रसाद यादव थिए। गत वर्ष पार्टीको संशोधित विधानअनुसार महासचिवमा यादव मनोनित भएका हुन् ।